फोटोहरुमा हेर्नुस बिश्वकप छनौटको उद्घाटन समारोह

  • विकेटनेपाल, फाल्गुन १४ 

आईसीसी एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता जिम्बाबेमा मार्च ४ देखि सुरु हुँदै छ। प्रतियोगिता सुरु हुनु अघि आइतबार राति उद्घाटन समारोह तथा रात्री भोजको आयोजना गरिएको छ। नेपाली क्रिकेट टिमको लागि महत्वपूर्ण प्रतियोगितामा सहभागी हुन नेपाली टोलि आइतबार साँझ जिम्बाबे पुगेको थियो।

इंग्ल्याण्डमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकपमा १० टिम सहभागी हुने छन् जसमध्ये ८ वटा टिमको टुंगो लागिसकेको छ भने बाँकी २ टिमको टुंगो बिश्वकप छनौट प्रतियोगिताले लगाउनेछ।

प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।त्यस अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

सहभागी टिमहरु :- वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल

सहभागी १० रास्ट्रहरुलाई २ समुहमा बिभाजन गरीएको छ जसअन्तर्गत नेपालको समुहमा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। उता डिभिजन २ को बिजेता युएई रहेको समुह “ए’” मा भने वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन्।

नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

रमन शिवाकोटी ( टिम ब्यबस्थापक / टेक्निकल एनालिस्ट ) , जगत टमाटा ( मुख्य प्रशिक्षक ) , दिनेश भट्ट ( फिजियो ) , सुबाश पत्रो ( ट्रेनर )
उमेश पटवाल ( ब्याटिंग कन्सल्टेन्ट ) , सुरज शाक्य ( भिडियो एनालिस्ट )

आईसीसी बिश्वकप छनौटबाट उत्कृस्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउने बताएको छ।

नेपालको खेल तालिका –

४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग

प्रतियोगिताको फर्म्याट

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृस्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट रास्ट्रले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृस्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]