ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपाली टिम भोलि नेपाल पुग्ने

Nepal Cricket Team
  • विकेटनेपाल, चैत-४

आईसीसी बिश्वकप छनौट प्रतियोगितामा ऐतिहासिक एकदिवसीय मान्यता पाएको नेपाली रास्ट्रिय क्रिकेट टिम आज राति ७ बजे जिम्बाबेबाट नेपाल प्रस्थान गर्नेछ। जिम्बाबेबाट युएई सोमबार बिहान पुग्ने नेपाली टिम सोमबार बेलुका ५:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विकेटनेपाललाई नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

बिश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो। प्रतियोगिताको सुपर सिक्स चरण पुग्न असफल नेपाली टिमले समुह चरणको खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग हार बेहोर्यो भने त्यसपछि हंगकंगलाई पराजित गरे पनि नेट रन रेटको आधारमा अफगानिस्तानसंग पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।

Nepal Cricket Team
Nepal Cricket Team

यस अघि सन् २०१४ को टि-२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो। एकदिवसीय मान्यतासंगै नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पाउनेछ।

२०१५ देखि १७ सम्म भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल सातौँ स्थानमा रहेपछि डिभिजन-२ मा घटुवा भएको थियो। फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा नेपाल बिश्वकप छनौट खेल्न छानिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगिताको उत्कृस्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो। जिम्बाबेमा जारि प्रतियोगिताको सुपर सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो। बाँकि एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धा थियो।

एकदिवसीय मान्यता पाए के हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ र आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै बिश्व वरियतामा सामेल हुन पाउनेछन्।

४. नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा गनिनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५. बिश्व क्रिकेट जगतले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

६. एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान पनि टिमलाई सहज हुनेछ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]