नेपालको पहिलो खेल कतारसंग, टि-२० विश्वकप छनौट एसिया फाइनल ( खेल तालिका )

Nepal cricket team

 अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप २०२० को दोश्रो खुड्किलोको रुपमा रहेको ‘आईसीसी पुरुष टि-२० विश्वकप छनौट एसिया फाइनल’ प्रतियोगिताको मिति र खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको छ।

प्रतियोगिता २२ देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने भएको छ।

नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन टि-२० विश्वकप छनौट ( एसिया पूर्वी ) प्रतियोगिताको उपाधि जितेपछि दोश्रो चरणमा छनौट भएको थियो। यस्ती सिंगापुर दोश्रो र मलेसिया तेश्रो हुँदै छनौट भएको थियो।

यस्तै गत वर्ष अप्रिलमा कतारमा सम्पन्न एसिया ( पश्चिम ) छनौट प्रतियोगिताबाट युएई, कतार र कुवेत एसिया फाइनलको लागि छनौट भएका थिए।

Nepal Cricket Team
नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन टि-२० विश्वकप छनौट ( एसिया पूर्वी ) प्रतियोगिताको उपाधि जितेपछि दोश्रो चरणमा छनौट भएको थियो।

युएई सिधै ग्लोबल क्वालिफायरमा 

एसिया फाईनलको लागि छनौट भए पनि युएईले भने एसिया फाइनल खेल्न नपर्ने भएको छ। यो वर्ष अक्टोबर ११ देखि ३ नोभेम्बर सम्म युएईमा टि-२० विश्वकप छनौटको ग्लोबल क्वालिफायर आयोजना हुँदैछ त्यसैले आयोजकको रुपमा युएई स्वतः प्रतियोगिता खेल्न छनौट भएको हो।

एसिया फाइनलमा सहभागी हुने नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेत मध्ये विजेता १ टिम टि-२० विश्वकप ग्लोबल छनौटको लागि छनौट हुनेछ।

खेल तालिका ( आईसीसी पुरुष टि-२० विश्वकप छनौट एसिया फाइनल ) 

२२ देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसबाट अंकतालिकामा विजेता टिमको निर्क्योल हुनेछ।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग,  २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

२२ जुलाई –  सिंगापुर V कतार, कुवेत V मलेसिया
२३ जुलाई – कतार V नेपाल , सिंगापुर V कुवेत
२४ जुलाई – नेपाल V मलेसिया
२५ जुलाई – आराम
२६ जुलाई – कतार V कुवेत , सिंगापुर V मलेसिया
२७ जुलाई – कुवेत V नेपाल, मलेसिया V कतार
२८ जुलाई – सिंगापुर V नेपाल

( समय – पहिलो खेल स्थानीय समय १० बजे र दोश्रो खेल स्थानीय समय २:३० बजे सुरु हुनेछ। नेपाली समय अनुसार पहिलो खेल ७:४५ बजे बिहान र दोश्रो खेल १२:१५ बजे सुरु हुनेछ।

टि-२० विश्वकप कसरि छनौट हुन्छ नेपाल ? 

टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।

ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले बिश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।

कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

नेपालले खेल्ने आगामी प्रतियोगता

टि-२० बिश्व कप एसिया छनौट फाइनल ( नेपाल, सिंगापुर, मलेसिया, कतार, कुवेत ) , विजेता टिमले ग्लोबल क्वालिफायर खेल्न पाउने

एसिया छनौट फाइनल प्रतियोगितामा विजेता भए नेपालले ग्लोबल क्वालीफायर खेल्नेछ

 ग्लोबल क्वालीफायर ( स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड, युएई र अन्य ८ टिम ( इस्ट एसिया प्यासिफिक विजेता, यूरोप छनौट विजेता, अफ्रीका छनौट विजेता र उपविजेता, एसिया छनौट विजेता र उपविजेता, अमेरिका छनौट विजेता र उपविजेता ) ६ टिम टि-२० बिश्वकपको पहिलो राउण्डको लागि छनौट हुनेछन्।

ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास

सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।

shakti gauchan
shakti gauchan

सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।

नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]