अफगानिस्तान टि-२० बिश्वकपमा सिधै छनौट, नेपाल यसरी छनौट हुनसक्छ

  • विकेटनेपाल, पुष १८ – बुधबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ बर्ष २०१९ सुरु भए लगत्तै टि-२० वरियतामा उत्कृस्ट हुँदै टि-२० बिश्व कप छनौट हुने टिमहरुको घोषणा गरेको छ। २०१७ जुनमा टेस्ट मान्यता पाएको अफगानिस्तान पनि बिश्वकपको मुख्य चरणको लागि सिधै छनौट भएको छ।

२०२० टि-२० बिश्वकप अस्ट्रेलियामा १८ अक्टोबर २०२० देखि नोभेम्बर १५ सम्म आयोजना हुँदैछ जुन प्रतियोगिताको सातौँ संस्करण हो। आगामी टि-२० बिश्वकपमा कुल १६ टोलिले प्रतिस्पर्धा गर्नेछन्। यस अघि २-२ बर्षमा आयोजना हुने गरेको टि-२० बिश्वकप २०१६ पछि भने ४ बर्षको अन्तरालमा आयोजना हुँदैछ। टि-२० बिश्वकप सन् २००७ मा पहिलो पटक आयोजना भएको थियो।

टि-२० बिश्वकप २ वटा चरणमा हुँदै छन्। मुख्य प्रतियोगिताको रुपमा सुपर-१२ रहेको छ भने सुपर-१२ मा छनौट हुन समुह चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ।  २०१८ डिसेम्बर ३१ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ८ भित्र शिर्ष स्थानमा रहेको पाकिस्तान, भारत,इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान २०२० बिश्वकपको मुख्य चरण सुपर-१२ को लागि छनौट भएका छन्। अस्ट्रेलिया आयोजकको रुपमा स्वतः छनौट भएको हो।

श्रीलंका र बंगलादेशले सुपर १२ चरणमा सिधा प्रवेश नपाउने  

टि-२० वरियतामा नवौं र दशौँ स्थानमा रहेपछि श्रीलंका र बंगलादेशले टि-२० बिश्वकपको सुपर-१२ चरणमा सिधा प्रवेश नपाउने आईसीसीले बताएको छ। श्रीलंका र बंगलादेशले टि-२० बिश्वकप छनौटबाट आएका ६ वटा टिमसंग समुह चरणको खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ। ८ टिमको समुह चरणको खेलबाट उत्कृस्ट हुने ४ वटा टिम सुपर १२ चरणमा प्रवेश गर्नेछ।

यस अघि सन् २०१४ को बिश्वकपमा नेपालले पनि सिधै सुपर-१० चरणमा प्रवेश पाएको थिएन। त्यसबेला नेपालले सुपर-१० मा छनौट हुनको लागि बंगलादेश, अफगानिस्तान र हंगकंगसंग खेल्नु परेको थियो। त्यसबेला समुहको एउटा टिममात्रै दोश्रो चरण प्रवेश गर्ने हुँदा समान २ जित र १ हार बेहोरे पनि बंगलादेशसंग नेट रनरेटले पछि पर्दै नेपाल दोश्रो चरण प्रवेश गर्न असफल भएको थियो। नेपालले हंगकंग र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसंग पराजित भएको थियो।

यस्तो छ छनौट प्रक्रिया  :

टि-२० बिश्वकपको  मुख्य चरणमा १२ वटा टिम हुनेछन् – पाकिस्तान, भारत, इंग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, अफगानिस्तान , अरु ४ वटा टिम ( श्रीलंका, बंगलादेश र टि -२० बिश्वकप ग्लोबल छनौटबाट आएका ६ वटा टिम मध्येबाट छानिनेछन् )

सुपर-१२ चरणमा छानिनको लागि ग्लोबल छनौटबाट आएका ६ वटा टिमसंग श्रीलंका र बंगालदेशले प्रतिस्पर्धा गर्नेछन्। ८ वटा टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा श्रीलंका र समुह ‘बि’ मा बंगलादेश रहेका छन्।

Credit – Bertus de Jong ( Twitter )

टि-२० बिश्वकप ग्लोबल छनौट : स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड , अन्य ८ टिम ( इस्ट एसिया प्यासिफिक विजेता, यूरोप छनौट विजेता, अफ्रीका छनौट विजेता र उपविजेता, एसिया छनौट विजेता र उपविजेता, अमेरिका छनौट विजेता र उपविजेता )

टि-२० बिश्वकप ग्लोबल क्वालिफायर के हो ? 

टि-२० बिश्वकप ग्लोबल छनौट २०१९ अक्टोबरमा आयोजना हुने बताईएको छ जसको अधिकारिक घोषणा आईसीसीले गरेको छैन। ग्लोबल छनौटमा १४ वटा टिमहरु हुनेछन्। स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड टि-२० बिश्वकपको ११ देखि १६ औं स्थानमा रहेका कारण छनौट भइसकेका छन्। अन्य ८ टिम भने बिभिन्न क्षेत्रको छनौट प्रतियोगिताबाट आउनेछन्। एसिया, अफ्रीका, अमेरिकाबाट २/२ वटा टिम तथा इस्ट एसिया प्यासिफिक र यूरोपबाट १/१ वटा टिम ग्लोबल क्वालिफायरको लागि छनौट हुनेछन्।

टि-२० बिश्वकप कसरि छनौट हुन्छ नेपाल ? 

२०१८ अक्टोबरमा सम्पन्न टि-२० बिश्वकप छनौट ( एसिया पूर्वी ) प्रतियोगिताको विजेता नेपालले अब दोश्रो खुड्किलोको रुपमा एसिया क्षेत्रीय छनौट खेल्नेछ। एसिया क्षेत्रीय छनौटको मिति सार्वजनिक भएको छैन। क्षेत्रीय छनौटमा एसिया पूर्वी क्षेत्रबाट नेपाल, मलेसिया र सिंगापुर तथा एसिया पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनौट भइसकेका छन्।

नेपाल, मलेसिया, सिंगापुर, युएई, कतार र कुवेत मध्ये २ वटा टिम ग्लोबल क्वालीफायरको लागि छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले बिश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम र स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ। १४ टोलि सहभागी प्रतियोगिताबाट ६ वटा टिम २०२० टि-२० बिश्वकपको पहिलो चरणको लागि छानिनेछ।

Nepal Cricket Team

नेपालले खेल्ने आगामी प्रतियोगता – टि-२० बिश्व कप एसिया छनौट ( नेपाल, युएई, सिंगापुर, मलेसिया, कतार, कुवेत ) , उत्कृस्ट २ टिमले ग्लोबल क्वालिफायर खेल्न पाउने

ग्लोबल क्वालीफायर ( स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र अन्य ८ टिम ( इस्ट एसिया प्यासिफिक विजेता, यूरोप छनौट विजेता, अफ्रीका छनौट विजेता र उपविजेता, एसिया छनौट विजेता र उपविजेता, अमेरिका छनौट विजेता र उपविजेता ) ६ टिम टि-२० बिश्वकपको पहिलो राउण्डको लागि छनौट हुनेछन्।

टि-२० बिश्व कप पहिलो राउण्ड –  श्रीलंका , बंगलादेश र अन्य ६ टिम ( ग्लोबल छनौटबाट आउने )

ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास 

सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।

shakti gauchan
shakti gauchan

सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।

नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]