विश्वकपको पुरस्कार राशि घोषणा, पढ्नुस नेपाली रुपैयाँमा कति पाउनेछ विजेताले

  • विकेटनेपाल, जेठ-३ , शुक्रबार 

यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्याण्डमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पुरस्कार राशि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले शुक्रबार सार्वजनिक गरेको छ।

१२ औं संस्करणको एकदिवसीय विश्वकपको विजेता टिमले हालसम्मकै सर्वाधिक पुरस्कार रकम पाउनेछ। प्रतियोगिताको उद्घाटन खेलमा ३० मेमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाले प्रतिस्पर्धा गर्नेछन्। ४६ दिनसम्म कुल ११ मैदानमा खेलिने विश्वकपको फाइनल खेल १४ जुलाईमा लर्ड्स मैदानमा खेलिनेछ।

सर्वाधिक पुरस्कार राशि, यति हुन्छ नेपाली रुपैयाँ 

विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ जुन हालसम्मकै सर्वाधिक हो। यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो। यस्तै सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो।

यो पटक उप-विजेता टिमले २ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ। २०१५ मा १.७५ मिलियन डलर उप-विजेता न्युजिल्याण्डले पाएको थियो।

नेपाली रुपैयाँमा हिसाब गर्दा विजेता टिमले रु. ४४,९१,६०,००० अर्थात् ४४ करोड ९१ लाख ६० हजार रुपैयाँ पाउनेछ। उपविजेता टिमले २२ करोड ४५ लाख ८० हजार रुपैयाँ पाउनेछ।

आईसीसीले पुरस्कार रकममा कुल १० मिलियन डलर खर्च गर्नेछ जुन १ अरब १२ करोड २९ लाख नेपाली रुपैयाँ हो।

प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर पाउनेछ भने लिग चरणको प्रत्येक खेल जित्ने टिमले ४० हजार डलर पाउनेछ। लिग चरणमा कुल ४५ खेल खेलिनेछन्। यस्तै लिग चरण पार गर्ने प्रत्येक टिमले १ लाख डलर पाउनेछन्।

२०१५ को विश्वकप अस्ट्रेलियाले जितेको थियो

फिफाले आयोजना गर्ने फुटबल विश्वकप २०१८ को विजेता टिमले ३८ मिलियन डलर पुरस्कार पाएको थियो भने कुल पुरस्कार रकम ४०० मिलियन डलर रहेको थियो।

कसलाई कति पुरस्कार ? 

ICC CWC 2019 – Prize Money Total
Winner (1) $ 4,000,000 $ 4,000,000 $ 4,000,000
Runner-up (1) $ 2,000,000 $2,000,000 $2,000,000
Losing Semi-Finalist (2) $800,000 $ 800,000 $ 1,600,000
Winner of Each League Stage Match (45) $ 40,000 $ 40,000 $ 1,800,000
Teams that do pass the League Stage (6) $ 100,000 $ 100,000 $ 600,000
Total $10,000,000 $10,000,000

विश्वकपको फर्म्याट 

यो पटक एकदिवसीय विश्वकपमा कुल १० टिम सहभागी छन् जसमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका र वेस्ट इन्डिज रहेका छन्।

लिग चरणमा सबै १० टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा शिर्ष ४ भित्र रहने टिम सेमीफाइनल प्रवेश गर्नेछ। सबै टिमले एकअर्का बिरुद्ध खेल्दा एउटा टिमले कुल ९ खेल र समग्रमा सबै टिमले कुल ४५ खेल खेल्नेछन्।

विश्वकपको खेलहरु नेपाली समय ३:१५ वजे र ६:१५ बजे खेलिनेछ।

१९७५ देखि सुरु भएको एकदिवसीय विश्वकपको १९७५ र १९७९ को संस्करण वेस्ट इन्डिजले जितेको थियो। अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरि सर्वाधिक ५ पटक विश्वकप जितेको छ। भारतले सन् १९८३ र २०११ गरि २ पटक विश्वकप जितेको छ भने पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा १/१ पटक विश्वकप जित्न सकेको छ।

धेरैले पढेको –  विश्वकप विशेष – व्यक्तिगत उच्च रन बनाउने ५ खेलाडी , विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ ब्याट्सम्यान

यो पटक विश्वकप कसले जित्ला ?

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]