महिला विश्वकप आयोजना बंगलादेश बाहिर हुन सक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यस वर्षको अन्त्यमा हुने महिला टि ट्वान्टी विश्वकपलाई बंगलादेशबाहिर सार्न परेमा युएई, भारत र श्रीलंकालाई वैकल्पिक आयोजना स्थलको सूचीमा परेका छन् ।

बंगलादेशमा पछिल्ला केही हप्तादेखि सरकार विरोधी आन्दोलन भइरहेका छन् । जसका कारण कैयौँको मृत्यु भएको छ । सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । भने, सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार गठनका लागि कार्यभार सम्हालेका छन् । बंगलादेशका पूर्वकप्तान मशरफे मुर्तजाको ढाकाबाट करिब १सय ५० किलोमिटर टाढा नराइलमा रहेको निवास पनि प्रदर्शनकारीले नष्ट गरेका छन् । जो हाल सांसद समेत रहेका छन् ।

आगामी अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना हुने तय भएको विश्वकपको आइसिसीले अनौपचारिक रुपमा वैकल्पिक आयोजना स्थानको टुङ्गो लगाएको हो ।

आइसिसीका अनुसार बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको छ । आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुआईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), तिनका सुरक्षा निकाय र हाम्रा आफ्नै स्वतन्त्र सुरक्षा परामर्शदातासँग समन्वय गरेर घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । ूहाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा र कल्याण हो।

सोमबारको घटनाक्रमपछि अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतगरी कम्तीमा तीन देशका सरकारले आफ्ना नागरिकलाई बंगलादेश भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन् ।

भारत र श्रीलंका छोटो समयमा प्रतियोगिता आयोजना गर्न सक्षम भए पनि केही प्रश्न भने रहेका छन् । श्रीलंकामा अक्टोबरमा वर्षाको खतरा छ । भने, भारतसँग पाकिस्तानी टोलीका लागि भिसाको विषय बाधक बन्न सक्छ ।

बंगलादेशको सिनियर टोली अगस्ट १७ मा पाकिस्तान प्रस्थान गर्नेछ । पीसीबीले बीसीबीलाई बंगलादेशको टेस्ट टोलीलाई पहिले नै पाकिस्तान पठाउन सुझाव दिएको छ ताकि उनीहरूले अगस्ट २१ देखि सुरु हुने टेस्ट शृङ्खलाअघि रावलपिण्डीमा प्रशिक्षण र अभ्यास गर्न सकून् । बीसीबीले अहिलेसम्म पीसीबीलाई कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो पटक आइसिसीले सन् २०२१ मा कोभिड–१९ महामारीका कारण पुरुष टि ट्वान्टी विश्वकप भारतबाहिर युएई र ओमानमा सारेको थियो ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]