नेपालको पहिलो खेल नामिबियासंग, आयो डिभिजन-२ को खेलतालिका

  • विकेटनेपाल, माघ-७, आइतबार

नेपाली क्रिकेट टिमको भाग्य निर्धारण गर्ने प्रतियोगिता आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिताको खेल तालिका क्रिकेट नामिबियाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो। नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ।

खेल तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

प्रतियोगिताको फाइनल र प्लेअफ खेल फेब्रुअरी १५ तारिकमा खेलिनेछ।

क्रिकेट नामिबियाले सार्वजनिक गरेको खेल तालिका

नेपाल २०१५-१७ मा संचालित बिश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन-२ मा केन्या, युएई र नामिबियासंगै घटुवा भएको टिम हो। च्याम्पियनसिप तालिकामा नेपाल सातौं स्थानमा रहेको थियो भने केन्या पाँचौ, युएई छैठौं र नामिबिया आठौं स्थानमा रहेको थियो। क्यानडा र ओमान डिभिजन-३ बाट उक्लंदै डिभिजन-२ मा आएको हो।

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

Sharad Vesawkar
डिभिजन-२ को तयारीको क्रममा शरद भेसावकर

डिभिजन-२ को तयारीको लागि नेपाली टिम नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ जो प्रतियोगिता अघि अभ्यास खेल खेल्न युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ टिमले स्थानीय टिमसंग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।

प्रतियोगितामा नेपाली टिमलाई सघाउन भारतीय ब्याटिंग प्रशिक्षक सुलक्षण कुल्कर्नी शनिबार नेपाल आइसकेका छन्।

डिभिजन-२ को लागि नेपाली प्रारम्भिक टिम – 

अनिल साह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, सन्दिप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामि, सुनिल धमला र सुशन भारि

यो पनि पढ्नुस :- 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]