यस्तो छ बिश्व कप लिग-२ मा नेपालको खेल तालिका, यसरी छनौट हुन सक्छ नेपाल विश्वकप

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरुष विश्व कप लिग-२ को पहिलो चरणको ८ वटा सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।

भारतमा आयोजना हुने सन् २०२३ को विश्वकपको छनौटको लागि अगस्ट २०१९ देखि प्रतियोगिता सुरु हुँदैछ। बिश्व कप लिग-२ मा नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सहभागी हुनेछन्। नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान भर्खरै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ को उत्कृस्ट ४ भित्र परेपछि एकदिवसीय मान्यता सहित विश्व कप लिग-२ खेल्न छनौट भएका हुन् ।

७ राष्ट्रले बिश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ।

 

७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

नेपालको खेल तालिका 

नेपालले विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो सिरिज आगामी वर्ष फेब्रुवरीमा पहिलो सिरिज नेपालमै खेल्नेछ। टियु मैदानमा हुने उक्त सिरिजमा नेपाल, अमेरिका र ओमान सहभागी हुनेछन्। यस्तै दोश्रो सिरिज नेपाल, नामिबिया र स्कटल्याण्ड बीच नामिबियामा २०२० अप्रिलमा आयोजना हुनेछ।

५ देखि १२ फेब्रुवरी २०२०  मा आयोजना हुने पहिलो सिरिजमा कुल ६ खेल हुनेछ। ३ वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन्।

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

यस्तो छ २०२३ बिश्वकप छनौट हुने बाटो 

७ राष्ट्र सम्मेलित आईसीसी विश्व कप लिग-२ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म संचालन हुनेछ। प्रतियोगितामा एउटा टिमले कुल ३६ खेल खेल्नेछ भने कुल १२६ खेल हुनेछ। ७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

Nepal cricket team
Nepal cricket team

१२ टेस्ट राष्ट्र सहित नेदरल्याण्डले सन् २०२० देखि २०२२ को बीचमा एक अर्का बीच कुल १५६ वटा खेल खेल्नेछन्। आईसीसी पुरुष विश्वकप सुपर लिग नामकरण गरिएको प्रतियोगिताबाट उत्कृस्ट ८ टिम सिधै २०२३ को एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ।

बिश्वकप सुपर लिगबाट सिधै छनौट हुन असफल ५ टिमले २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ। २०२२ विश्वकप छनौटमा नेपाल सहभागी आईसीसी बिश्व कप लिग-२ बाट आएका ३ टिम तथा बिश्वकप छनौट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्। जसबाट उत्कृस्ट २ टिमले २०२३ को पुरुष एकदिवसीय विश्वकप खेल्नेछ।

नेपाल छनौट होला त २०२३ एकदिवसीय विश्वकप ?





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]