महिला बिश्वकप छनौट ( एसिया ) खेल्ने नेपाली टिमको घोषणा ( खेल तालिका सहित )

Nepal Women's Cricket Team
  • विकेटनेपाल, फाल्गुन-३ , शुक्रबार 

आईसीसी महिला विश्वकप छनौट ( एसिया ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली टिमको शुक्रबार घोषणा भएको छ।

थाईल्याण्डमा यही १८ फेब्रुअरी देखि २७ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगिताको लागि टिम घोषणा गरिएको हो। टिमको छनौट महिला राष्ट्रिय क्रिकेट टिम  प्रशिक्षक बिनोद दासले गरेका हुन्।

प्रतियोगिता खेल्न टिम शनिबार दिउसो १:५० बजे थाई एअरवेजमार्फत थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्।

नेपालले फेब्रुअरी १९ मा मलेसियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने फेब्रुअरी २१ मा आयोजक थाईल्याण्ड, फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

फेब्रुअरी १९ – मलेसियासंग
फेब्रुअरी २१ – थाईल्याण्डसंग
फेब्रुअरी २२ – युएईसंग
फेब्रुअरी २४ – हंगकंगसंग
फेब्रुअरी २५ – चिनसंग
फेब्रुअरी २७ – कुवेतसंग

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुने आईसीसीले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ।

नेपाली टिम :- 

प्रतियोगिताको लागि छनौट गरीएको टिममा गत महिना थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा टिममा रहेकी डली भट्टलाई समाबेस गरिएको छैन। अरु खेलाडी भने टिममा उही छन्। डलीको स्थानमा अप्सरी बेगमलाई पहिलो पटक स्थान दिईएको छ।

रुबिना क्षेत्री बेलबाशी ( कप्तान ) , सिता राना मागर ( उप-कप्तान ) , करुना भण्डारी, , सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरी बेगम, ममता कुमारी चौधरी, बिन्दु रावल 

अतिरिक्त खेलाडी : ऋतु कनौजिया, सुमन बिस्ट, अन्जली चन्द र डली भट्ट

Dolly Bhatta
Dolly Bhatta

टिमको मुख्य प्रशिक्षक बिनोद दास रहनेछन् भने सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, ब्यबस्थापक अमृता पौडेल र फिजियो सकुना डानी रहेका छन्। निरा नेपाली महिला राष्ट्रिय टिमको पुर्व कप्तान समेत हुन्।

टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेट वरियतामा नेपाली महिला रास्ट्रिय टिम १६ औं स्थानमा रहेको छ भने थाईल्याण्ड १२ औं स्थानमा रहेको छ।

नेपाली महिला टिमले गत महिना थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगिता खेलेको थियो जसमा नेपाल फाइनल खेलमा आयोजक थाईल्याण्डसंग ७० रनले पराजित हुन पुगेको थियो। प्रतियोगिताको लिग चरणको ४ खेलमा अपराजित रहँदै सेमीफाइनल प्रवेश गरेको नेपाली टिमले इन्डोनेसियालाई सहजै पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]