WTC FINAL : चौथो दिन पनि वर्षा बन्नसक्छ वाधा, यस्तो छ मौसम पूर्वानुमान

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत भारत र न्युजिल्यान्डमा जारि रहेको फाइनल खेलको तिन दिनको खेल समाप्त भइसकेको छ। तिन दिनमा कम्तिमा २७० ओभरको खेल हुनु पर्नेमा मात्र १४१ ओभरको खेल मात्र सम्पन्न भएको छ। वर्षाको कारण पहिलो दिनको खेल टस समेत नभई रद्द भएको थियो भने दोश्रो र तेश्रो दिनको खेल पनि खराब प्रकाशका कारण प्रभावित भएको थियो। टेस्टको चौथो दिनको खेलमा समेत मौसमले बाधा पुर्याउने अनुमान गरिएको छ।

टेस्टको चौथो दिनको खेल पनि पुरा दिन हुने सम्भावना कम रहेको छ। आजको दुई वटा सत्रलाई वर्षाले प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ। खेल ३:१५ बजे सुरु हुनेछ।

एक्युवेदरको अनुसार २१ जुनमा साउथह्याम्पटनमा वर्षाको सम्भावना रहेको छ। पहिलो र तेश्रो सेसनको खेलको समयमा वर्षा हुने अनुमान छ भने खराब प्रकाशको कारण पनि खेल प्रभावित हुन सक्नेछ। दोश्रो सेसनमा बादलले आकाश ढाक्नेछ तर वर्षाको सम्भावना कम छ। बिहान र बेलुका वर्षाको अनुमान छ। सोमबार वर्षाको ६० प्रतिशत सम्भावना रहेको छ।

स्थानीय समय अनुसार साउथह्याम्पटनमा बिहान १० देखि १२ बजेको बीचमा तथा दिउसो १ बजे देखि ३ बजेसम्म बादलले आकाश ढाक्नेछ। बेलुका ४ बजे देखि ६ बजेसम वर्षाको सम्भावना रहेको छ। टेस्ट च्याम्पियनसिपको फाइनल चौथो दिन पनि मौसमले प्रभावित हुने संकेत प्रस्ट देखिएको छ।

टेस्टमा पहिलो पटक नतिजाविहिन नहोस् भन्ने उद्देश्यले आईसीसीले छैठौं दिन रिजर्भ डेको रुपमा राखेको छ। विविध कारणले टेस्टको पहिलो ५ दिनको खेल अवरुद्ध भएको खण्डमा छैठौं दिन पनि खेल हुनेछ।

जारि खेलमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। पहिलो इनिंग्स सुरु गरेको न्युजिल्यान्डले तेश्रो दिनको समाप्तिमा २ विकेट गुमाएर ४९ ओभरमा १०१ रन बनाएको छ। कप्तान केन विलियमसन १२ तथा रोस टेलर खाता नखोली ब्याटिंग गरिरहेका छन्। भारतको पहिलो इनिंग्सको योगफल भन्दा न्युजिल्यान्ड ११६ रनले पछि रहेको छ।

सम्बन्धित 

– WTC FINAL : बलिंग पछि ब्याटिंगमा पनि न्युजिल्यान्डको राम्रो सुरुवात

WTC FINAL : अम्पायर रिभ्युमा अल्ट्रा एज हेरिएपछिको अन्योल, जान्नुस के भएको थियो

न्युजिल्यान्डले स्पिनर नखेलाउदा वार्न निराश, वार्नलाई सलमान बटको प्रश्न

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy