काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ ।
आइसीसीले आइतबार नेपालसँगको खेलमा क्रिकेट संहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।
आइतबार बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ब्याटिङ गरिरहदाँ उक्त घटना भएको थियो । घटनामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङका लागि मैदानमा आएपछि तान्जिमले कुराकानीका क्रममा रोहितलाई धक्का दिएका थिए।