टि-२० विश्वकप छनौट एसिया : पहिलो दिन मलेसिया र सिंगापुरको जित

२०७६ श्रावण ६, सोमबार १५:४०

सिंगापुरमा आज देखि सुरु भएको आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत पहिलो दिन २ वटा खेलहरु सम्पन्न भएका छन्।

इन्डियन एसोसिएसन मैदानमा सम्पन्न २ वटै खेल मध्ये पहिलो खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्यो भने दोश्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्यो।

आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया गरि कुल ५ टिम सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ। सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम छानिनेछ। विस्तृतमा

पहिलो खेल –  सिंगापुर Vs कतार – सिंगापुर ३३ रनले विजयी

सिंगापुरले पहिले ब्याटिंग गर्दै दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो। कतार ब्याट्सम्यान तमुर सजिदले सर्वाधिक ३४ मोहम्मद रिज्लानले अविजित ३३ रन बनाए। सिंगापुर बलर जनक प्रकास  र अमजद महबुबले ३/३ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो।  सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन, टिम डेभिडले ३८ , मनप्रित सिंहले ३४  र रोहन रंगराजनले ३२ रन  बनाए। कतार बलर इकबाल हुसेनले ४ विकेट ( ४-०-३३-४ ) लिए।

दोश्रो खेल – मलेसिया Vs कुवेत – मलेसिया ४२ रनले विजयी

दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याउदा कुवेतले १८ ओभरमा १२० रन मात्रै बनाउन सक्यो।

कुवेतलाई सस्तोमै समेट्न मलेसियाको लागि मुहम्मद स्याहादतले ३ तथा सयद अजिज, पवनदिप सिंह र फित्री शामले समान २/२ विकेट लिए। कुवेतको लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ५१ रन बनाए।

मलेसियाको ब्याटिंगमा शफिक सरिफले सर्वाधिक ३८, सयद अजिजले ३४, अमिनुद्दीन रामलेले ३३, भिरनदिप सिंहले १७ र कप्तानएहमद फैजले १५ रन बनाएका थिए। कुवेत बलर मोहम्मद एहसानले सर्वाधिक २ विकेट लिए। मलेसियाका ४ जना ब्याट्सम्यान रन आउट भएका थिए।



भोलि मंगलबार हुने खेलहरु
– नेपाल VS कतार ( ७:१५ बजे विहान ) , सिंगापुर VS कुवेत ( ११:१५ बजे )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy