टि-२० विश्वकप छनौट एसिया : पहिलो दिन मलेसिया र सिंगापुरको जित

सिंगापुरमा आज देखि सुरु भएको आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत पहिलो दिन २ वटा खेलहरु सम्पन्न भएका छन्।

इन्डियन एसोसिएसन मैदानमा सम्पन्न २ वटै खेल मध्ये पहिलो खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्यो भने दोश्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्यो।

आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया गरि कुल ५ टिम सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ। सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम छानिनेछ। विस्तृतमा

पहिलो खेल –  सिंगापुर Vs कतार – सिंगापुर ३३ रनले विजयी

सिंगापुरले पहिले ब्याटिंग गर्दै दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो। कतार ब्याट्सम्यान तमुर सजिदले सर्वाधिक ३४ मोहम्मद रिज्लानले अविजित ३३ रन बनाए। सिंगापुर बलर जनक प्रकास  र अमजद महबुबले ३/३ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो।  सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन, टिम डेभिडले ३८ , मनप्रित सिंहले ३४  र रोहन रंगराजनले ३२ रन  बनाए। कतार बलर इकबाल हुसेनले ४ विकेट ( ४-०-३३-४ ) लिए।

दोश्रो खेल – मलेसिया Vs कुवेत – मलेसिया ४२ रनले विजयी

दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याउदा कुवेतले १८ ओभरमा १२० रन मात्रै बनाउन सक्यो।

कुवेतलाई सस्तोमै समेट्न मलेसियाको लागि मुहम्मद स्याहादतले ३ तथा सयद अजिज, पवनदिप सिंह र फित्री शामले समान २/२ विकेट लिए। कुवेतको लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ५१ रन बनाए।

मलेसियाको ब्याटिंगमा शफिक सरिफले सर्वाधिक ३८, सयद अजिजले ३४, अमिनुद्दीन रामलेले ३३, भिरनदिप सिंहले १७ र कप्तानएहमद फैजले १५ रन बनाएका थिए। कुवेत बलर मोहम्मद एहसानले सर्वाधिक २ विकेट लिए। मलेसियाका ४ जना ब्याट्सम्यान रन आउट भएका थिए।



भोलि मंगलबार हुने खेलहरु
– नेपाल VS कतार ( ७:१५ बजे विहान ) , सिंगापुर VS कुवेत ( ११:१५ बजे )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]