विश्वकप लिग टू : आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। नेपालले यस सिरिज अन्तर्गत आज तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ।

पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल हाल आइसीसी विश्वकप लिग टूमा ३० खेलमा २८ अङ्कका साथ छैटौँ स्थानमा छ। नेपालले शीर्ष पाँचमा रहन सके सोझै एक दिवसीय मान्यता प्राप्त गर्नेछ।

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एक दिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ। त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अङ्क छ र पुछारमा रहेको छ भने युएईको ३० खेलमा ३१ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]