विश्वकप लिग टू : आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। नेपालले यस सिरिज अन्तर्गत आज तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ।

पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल हाल आइसीसी विश्वकप लिग टूमा ३० खेलमा २८ अङ्कका साथ छैटौँ स्थानमा छ। नेपालले शीर्ष पाँचमा रहन सके सोझै एक दिवसीय मान्यता प्राप्त गर्नेछ।

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एक दिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ। त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अङ्क छ र पुछारमा रहेको छ भने युएईको ३० खेलमा ३१ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy