काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने भएका छन्।
शुक्रबार भएकाे पहिलाे सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुदुरपश्चिम प्रहरी कार्यालय टिमलाई १०९ रनले हराउँदै उपाधि नजिक पुगेकाे हाे।
सुदुरपश्चिमले टस जितेर पहिले बलिङ रोजेको खेलमा लुम्बिनीका युबराज सेन ओलीको ४७ बलमा ८१ रनको मद्दतले १९.२ बलमा अलआउट हुँदै १७५ बनाएको थियो।
जसमा दिपेन्द्र थापा २३ बलमा ३२ रन बनेका थिए। सुदुरपश्चिमका बलर पशुपति मल्लले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिएका थिए।
जबाफी ब्याटिङमा गरेको सुदुरपश्चिमले १३.१ बलमा ६६ रनमा अल आउट भएको थियो।
उसका लागि सुरेश सिंह पुजार १२ र पशुपति मल्ल १० रन जोड्नु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन नसकेपछि लुम्बिनी १०९ रनले विजयी भयाे।
लुम्बिनीका बलर अनुप कुमार निषादले ४ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ४ विकेट र रबिन गौडेल २ ओभरमा ११ रन दिएर ३ विकेट लिन सफल भएका थिए। लुम्बिनीका युबराज सेन ओली प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो सेमिफाइनल खेलमा मधेस प्रदेश प्रहरी कार्यालय टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमविरूद्द १२ रनले जित हासिल गर्न सफल भयो।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले संजय साहको ४८ बलमा ३९ रनको सुझबुझ ब्याटिङ र मुनाल यादवको २९ बलमा ५४ रनको अर्धशतक प्रेरित २० ओभर खेल्दै १४९ रन बनाएको थियो जसमा २० रन अतिरिक्त प्राप्त गरेको थियो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका बलर चन्द्रदेव जोशीले ४ ओभरमा २२ रन दिएर २ विकेट प्राप्त गरे भने राजन भट्टराईले ४ ओभरमा १७ रन दिएर २ विकेट प्राप्त गरेका थिए।
जबाफी ब्याटिङमा थालेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका ब्याटरहरु चल्न नसक्दा २० ओभर खेलेर ९ विकेटको क्षति १३७ रन मात्र बनाउन सक्यो।
उसका लागि हेमन्त सिंहले २८ रन, चन्द्र देव जोशीले २० रन बनेका थिए।
मधेसका बलर अजय ठाकुरले ४ ओभरमा १६ रन दिएर ३ विकेट, संजय साह ४ ओभर २४ रन १ विकेट र दिपेश रायले ३ ओभर २० रन १ विकेट प्राप्त गरेका थिए। उक्त खेलको प्लेयर अफ द म्याच संजय साह भएका थिए।
प्रतियाेगिताकाे फाइनल शनिबार बिहान ९ बजे मधेस र लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमबीच हुनेछ।