“इमान्दार भएर भन्छु टसको भूमिका अहम थियो” अस्ट्रेलियन कप्तान फिंच

टि-२० विश्वकपको उपाधि जितेपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले फाइनल खेलमा टसको भूमिका अहम भएको बताएका छन्। खेलमा टस जितेर अस्ट्रेलियाले न्युजिल्यान्डलाई पहिलो ब्याटिंगको निम्तो दिएको थियो जुन क्रममा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा पुरा गय्रो।

“इमान्दार भएर भन्छु टसको भूमिका अहम थियो। तर हामि पहिले ब्याटिंग गर्न पनि तयार थियौं। रातको हरेक खेल जस्तै यहाँ पनि थोरै भए पनि शितको भूमिका थियो र स्पिनरहरुलाई गाह्रो भैरहेको थियो। हामीले पहिलो पटक टि-२० विश्वकप जित्यौं जुन निकै ठूलो उपलब्धि हो। म खेलाडी जसरि अभियानमा अघि बढे त्यस प्रति गर्व गर्छु।” फिंचले बताए।

“टि-२० विश्वकपमा भाग्यको जरुरत हुन्छ। हामीले ७ मध्ये ६ खेलमा टस जित्यौं जसले हाम्रो अभियानमा ठूलो प्रभाव पार्यो। तर तथ्य यो पनि हो कि हामीले उत्कृस्ट क्रिकेट खेल्यौं। हामीले आक्रामक क्रिकेट खेल्यौं जसले गर्दा बिपक्षी टिमहरु ब्याकफुटमा आए।”

उनले थप बताए “जसरि हामीले पुरै प्रतियोगितामा नयाँ बलले बलिंग गर्यौं त्यो निकै महत्वपूर्ण थियो। हामीले फाइनलमा पनि न्युजिल्यान्डलाई १० ओभरमा ५७ रन मात्र बनाउन दियौं। राति अन्य दिन भन्दा बढीनै मैदानमा शित थियो जसको फाइदा हामीलाई भयो।”

प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिएका डेभिड वार्नरको फर्मको विषयमा प्रतियोगिता अघि धेरै नकारात्मक कुराहरु लेखिएको जसलाई वार्नरले प्रदर्शन बाट प्रमाणित गरे। त्यस विषयमा बोल्दै फिंच बताए – “मलाई विश्वास लाग्दैन कि मानिसहरुले केहि हफ्ता अघि उनि बारे लेख्दै थिए। त्यो भालुलाई घोच्नु जस्तै थियो।”

फिंचले वार्नर प्लेयर अफ द टुर्नामेन्ट चुनिएता पनि आफ्नो लागि लेग स्पिनर एडम जाम्पा उत्कृस्ट भएको बताए – “मेरो लागि जाम्पा प्लेयर अफ द टुर्नामेन्ट हो। उनले खेललाई नियन्त्रणमा राख्दै ठूला विकेटहरु दिलाए।”

सन् २००७ देखि सुरु भएको टि-२० विश्वकपको उपाधि जित्न अस्ट्रेलियाले १४ वर्ष प्रतीक्षा गर्नुपर्यो।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]