इमरान ताहिरको सबैको मन जित्ने ट्वीट

आईपीएल २०१९ मा सर्वाधिक विकेट लिएर पर्पल क्याप जित्न सफल दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले मैदानमा हात फैलाएर दौडदै खुसि मनाएको दृश्य सामान्य थियो। १७ खेलमा २६ विकेट लिएका दक्षिण अफ्रिकी स्पिनर यो सिजन भने मैदानमा पानि बोकेर साथी खेलाडीहरुको तिर्खा मेटीरहेको मात्र देखिन्छन्। उत्कृस्ट स्पिनर हुनुको बाबजुद ताहिरलाई ८ खेल खेल्दासम्म चेन्नाईले अन्तिम-११ मा अझै मौका दिएको छैन जसको प्रदर्शनको बलमा धोनी कप्तानीको टिम गत सिजन फाइनल पुगेको थियो। ताहिरको उही पुरानो सेलेब्रेसन हेर्न फ्यानहरु आतुर छन् जो पानि बोक्दै तथा डगआउटबाट खेल हेर्दै गरेको फ्यानहरु पक्कै अरु देख्न चाहदैनन्।

यसै बीच ४१ वर्षीय लेग स्पिनरले ट्वीटरमार्फत टिममा मौका नपाएको सन्दर्भमा गरेको ट्वीट यतिबेला सामाजिक संजालमा चर्चामा छ। ताहिरले लेखेका छन् – “जब म खेल्ने गर्थे तब धेरै खेलाडीहरुले पानि बोकेर मेरो लागि ल्याउथे। अहिले योग्य खेलाडीहरु मैदानमा छन् जसको लागि सो कुरा दोहोर्याउनु मेरो ड्युटी हो।”

ताहिरले थप लेखेका छन् – “विषय म खेल्नु वा नखेल्नु भन्दा मेरो टिम जित्नु हो। मैले मौका पाएको खण्डमा म मेरो उत्कृस्ट दिनेछु। तर मेरो लागि टिम महत्वपूर्ण हो।” ट्वीटपछि अधिकांश फ्यानहरुले उनलाई सम्मान व्यक्त गरेका छन् भने यो सच्चा खेलाडीको प्रतिक भएको बताएका छन्।

किन पाएनन् ताहिरले मौका 

आईपीएलमा टिमले अन्तिम-११ मा ४ जना भारत बाहिरका खेलाडीलाई समावेश गर्न पाउछ। चेन्नाईले अन्तिम-११ मा फाफ डु प्लेसी, शेन वाटसन, स्याम करन र ड्वेन ब्राभोलाई पछिल्लो खेलहरुमा मौका दिईरहेको छ। ताहिर खेल्नको लागि यी ४ खेलाडी मध्ये १ जनालाई चेन्नाईले बाहिर राख्नु पर्छ। तर चेन्नाई टिममा पियुष चावला र कर्न शर्मा गरि २ जना लेग स्पिनर रहंदा ताहिरको रुपमा १ जना विदेशी खेलाडीको कोटा सक्नु भन्दा टिमले स्याम करन र ब्राभो जस्ता अलराउण्डरलाई मौका दिएको छ। किनकि लेग स्पिनरको आवस्यकता चावला र शर्माले राम्रोसंग निभाईरहेका छन् भने देब्रे हाते स्पिन अलराउण्डर रभिन्द्र जडेजाको पनि टिममा रहेका छन्।

ताहिरलाई खेलाउन मुस्किल हुने अर्को कारण विदेशी खेलाडीहरुको फर्म पनि हो। डु प्लेसी र वाटसन निकै अनुभवी खेलाडी हुन् जसले माथिल्लो क्रमको ब्याटिंग सम्हालीरहेका छन्। स्याम करन फास्ट बलिंग र ब्याटिंगमा समेत आक्रामक सटहरु खेल्दै महत्वपूर्ण योगदान दिईरहेका छन्। अर्कोतर्फ अनुभवी अलराउण्डर ब्राभोको डेथ ओभर बलिंग टिमको लागि अत्यावश्यक छ। त्यसैले टिममा मौका पाएता पनि कसको स्थानमा मौका दिने निर्णय चेन्नाईलाई गर्न मुस्किल छ। भारतीय लेग स्पिनरले राम्रो प्रदर्शन गर्दा ताहिरको कोटा अर्को विदेशी खेलाडीलाई टिमले दिईरहेको छ।

कहिले पाउनेछन् ताहिरले मौका 

चेन्नाई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले स्टार लेग स्पिनर ताहिरले छिट्टै अन्तिम-११ मा मौका पाउने बताएका छन्। “उनि पक्कै आगामी खेलमा मैदान भित्र हुनेछन्। अहिले टिमको सम्मिश्रणको कारणले गर्दा २ जना ब्याट्सम्यान र २ जना पेस बलिंग अलराउण्डरले मौका पाइरहेका छन्। तर दोश्रो हाफमा विकेटमा बढी टर्न देखिरहेको हुँदा उनले मौका पानेछन्। ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने हुँदा परिस्थितिको माग अनुसार टिम छनौट गर्ने हो।” विश्वनाथनले बताए।

इमरान ताहिरले गत सिजन सर्वाधिक विकेट लिंदै पर्पल क्याप जितेका थिए

‘बाहिर बस्न गार्हो छ तर म मजा लिईरहेको छु’ – ताहिर 

ताहिरले चेन्नाईको हैदरावादसंग मंगलबारको खेल दौरान अन्तर्वार्ताको क्रममा बाहिर बस्न गाह्रो भएता पनि आफुले त्यसमा मजा लिईरहेको बताएका थिए – “बाहिर बस्न गाह्रो त छ तर इमान्दार भएर भन्छु म मजा लिईरहेको छु। म आफ्नो टिमले राम्रो गर्दा खुसि छु र मौकाको प्रतीक्षा गरिरहेको छु जसको लागि म तयार छु। पिचहरुमा टर्न देखिन थालेको छ।”

ताहिरले २०१४ देखि आईपीएल खेल्ने क्रममा ५५ खेलमा ७९ विकेट लिईसकेका छन्। उनले दक्षिण अफ्रीकाको लागि २० टेस्ट, १०७ वानडे र ३८ टि-२० खेल्ने क्रममा क्रमशः ५७, १७३ र ६३ विकेट लिईसकेका छन्।

लिगमा चेन्नाईले आगामी खेल आगामी खेल दिल्ली क्यापिटल्स बिरुद्ध शनिवार खेल्ने तालिका रहेको छ।अंकतालिकामा चेन्नाई ६ अंक बटुल्दै छैठौं स्थानमा रहेको छ।

IPL : चोटले छोडेन दिल्लीलाई, कहिले खेल्छन् पन्त

निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन

IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे

डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह

कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”

IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy