भारतको लज्जास्पद ब्याटिंग, ७८ रनमै अलआउट

इंग्ल्यान्ड र भारत बीच हेडिंगलेमा सुरु भएको तेश्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारत ४०.४ ओभरमा ७८ रनमै समेटिन पुगेको छ।

भारतीय माथिल्लो क्रमको पहिलो तिन विकेट जेम्स एण्डरसनले लिंदै घरेलु टोलिलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। एण्डरसनले इनिंग्सको पहिलो ओभरमा खाता नखोल्दै केएल राहुललाई, पाँचौ ओभरमा १ रन बनाएका चेतेश्वर पुजारालाई तथा ११ औं ओभरमा ७ रन बनाएका कप्तान बिराट कोहलीलाई पेभेलियन फर्काए। तिनजना ब्याट्सम्यान विकेट पछाडी जोस बटलरबाट समातिन पुगे।

त्यसपछि रोहित शर्मा र अजिंके रहाने बीच २५ रनको साझेदारी भयो। १८ रन बनाएका रहानेलाई ओली रोबिन्सले बटलरबाट क्याच आउट गराएर साझेदारी तोडे। लगत्तै २ रन मात्र बनाएर रिशभ पन्त पनि बटलरबाट समातिन पुगे। १०५ बलमा १९ रन बनाएका रोहित शर्मालाई क्रेग ओभरटनले क्याच आउट गराउद इंग्ल्यान्डलाई पूर्णत हावी गराए। रभीन्द्र जडेजा पनि मात्र ४ रन बनाएर स्याम करनबाट एलबिडब्लु भए। फलस्वरुप ५६ रनमा ३ विकेट गुमाएको भारतले योगफलमा थप २२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसन ( ८-५-६-३ ) र क्रेग ओभरटनले ( १०.४-५-१४-३ ) समान ३ विकेट लिए भने ओली रोबिन्सन ( १०-३-१६-२ ) र स्याम करन ( १०-२-२७-२ ) ले समान २ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]