शहजादको शानदार शतक, अफगानिस्थानद्वारा भारतलाई २५३ रनको लक्ष्य

  • विकेटनेपाल, असोज-९ 

युनाईटेड अरब इमिरेट्समा जारि १४ औं संस्करणको एसिया कप प्रतियोगिता अन्तर्गत सुपर-४ चरणको खेलमा भारत र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

भारतले सुपर-४ चरणको खेलमा लगातार २ जित हात पार्दै फाइनलमा स्थान पक्का गरिसकेको छ भने अफगानिस्तान बंगलादेश र पाकिस्तानसंगको हारपछि फाइनल पुग्न असफल रह्यो। भारतले बंगलादेशलाई ७ विकेटले र पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने अफगानिस्तान पाकिस्तान र बंगलादेशसंग समान ३ विकेटले पराजित भएको थियो।

शहजादको शानदार शतक 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानको लागि ओपनर मोहम्मद शहजाद र जाभेद अहमदीले पहिलो विकेटकको लागि ६५ रन बनाए।

पहिलो विकेटको रुपमा ३० बलमा ५ रन बनाएर जभेद आउट भएपछि राहात शाह ( ३ ) , हश्मतुल्लाह शाहिदी ( ० ) तथा कप्तान अस्घर अफ्घान ( ० ) ले लगातार विकेट गुमाउन पुग्दा अफगानिस्तान १५.३ ओभरमा ८२/४ को खराब अवस्थामा पुग्यो।

तर एउटा किनारमा शहजादले विकेट गुमाएनन् र एकदिवसीय करियरकै पाँचौ शतक पुरा गर्दै अफगानिस्तानको स्कोर १५० समेत पार गराए। ३८ औं ओभरमा व्यक्तिगत १२४ रन बनाएर आउट हुनु अघि उनले पाँचौ विकेटको लागि गुल्बदीन नैबसंग ५० रनको तथा छैठौं विकेटको लागि मोहम्मद नबिसंग ४८ रनको साझेदारी गरे।

११ चौका र ७ छक्का मद्दतले १२४ रन बनाएका शहजादले अफगानिस्तानको लागि एकदिवसीयमा धेरै व्यक्तिगत रन बनाउने सुचीमा समेत तेश्रो स्थानमा आफ्नो नाम लेखाए। अविजित १३१ रन बनाउने क्रममा शहजादनै अफगानिस्तानको लागि सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान हुन् भने दोश्रो स्थानमा नवरोज मंगल १२९ रन सहित रहेका छन्।

शहजादको विकेट जाँदा १८०/६ को अवस्थामा रहेको इनिंगलाई मोहमद नबि र नाजिबुल्लाह जद्रानले सातौं विकेटको लागि ४६ रनको साझेदारी गर्दै उकासे। जद्रान २० रन बनाएर आउट भए भने नबिले अर्धशतकीय इनिंग खेल्दै ६४ रन ( ५६ बल, ४ छक्का र ३ चौका ) बनाएर आउट भए। राशिद खानले अविजित १२ रन बनाए

अफगानिस्तानले पुरा ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो।

भारतको बलिङ्गतर्फ रभिन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिने क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४६ रन खर्चिए। यस्तै कुलदिप यादबले २ विकेट ( १०-०-३८-२ ) लिंदा खलिल अहमद, दिपक चाहर र केदार जाधबले समान १ विकेट लिए।

खेलमा रोहित शर्माको सट्टा भारतको कप्तानि महेन्द्र सिंह धोनीले गरिरहेका छन्। रोहित आराम गर्दा धोनीले २०० औं खेलमा कप्तानीको अवसर पाएका छन्। खेलमा २६ बर्षिय पेस बलर दिपक चाहरले भारतको लागि डेब्यु गरेका छन्।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]