अस्ट्रेलिया ३२६ मा समेटीएपछि भारतको खराब सुरुवात

  • विकेटनेपाल, मङ्सिर-२९ , शनिवार 

भारत बिरुद्दको ४ टेस्ट खेलको सिरिज अन्तर्गतको दोश्रो टेस्टको पहिलो दिन २७७/६ को अवस्थामा रहेकोअस्ट्रेलियाले दोश्रो दिनको पहिलो सेसनमा सम्पूर्ण विकेट गुमौदा ३२६ रन बनाएको छ।

पहिलो दिन अविजित रहेका प्याट कमिन्सलाई १९ रनमा जस्प्रित बुम्राले बोल्ड गर्दै सातौँ विकेट पाएको भारतले त्यसपछि कप्तान टिम पेनलाई पनि बुम्रालेनै एलबिडब्लु गर्दा आठौँ विकेट गुमाएको थियो। पेनले ३८ रन बनाउन ५ चौका प्रहार गरे।

आठौँ विकेट गुमाएपछि मिचेल स्टार्क ( ६ रन ) र हेजलवुड ( ० ) लाई इशान्त शर्माले विकेटकिपर रिशभ पन्तको हातबाट क्याच थमाउदै दशौँ विकेट लिए।

अस्ट्रेलिया अलआउट भएपछि ब्याटिंग थालेको भारतले पनि खराब सुरुवात गर्ने क्रममा दुवै ओपनर केएल राहुल र मुरली विजयलाई गुमाईसकेको छ। यो समाचार तयार पार्दासम्म भारत १५/२ को अवस्थामा छ। केएल राहुल २ रनमा हेजलवुडको बलमा बोल्ड भए भने विजय पनि खाता नखोल्दै मिचेल स्टार्कको बलमा बोल्डनै हुन पुगे।

कप्तान बिराट कोहली ६ रन तथा चेतेश्वर पुजारा १ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतको बलिङ्गमा इशान्त शर्माले ४ विकेट ( २०.३-७-४१-४ ) तथा जस्प्रित बुम्रा ( २६-८-५३-२ ) , हनुमा बिहारी ( १४-१-५३-२ ) र उमेश यादब ( २३-३-७८-२ ) ले समान २/२ विकेट लिए।

यस अघि पहिलो दिन कप्तान टिम पेनले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि ओपनर मार्कस ह्यारिसले ७० तथा आरोन फिन्चले ५० रन बनाएका थिए। यस्तै शन मार्शले ४५, ट्राभिस हेडले ५८ रन बनाए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy