तेस्रो दिनको समाप्तीमा भारत अझै ३८६ रन अगाडी

२०७५ पुष २१, शनिबार २०:५६

  • विकेटनेपाल, पुष २१ – शनिवार 

अष्ट्रेलिया विरुद्धको चौथो टेष्टमा भारतले तेस्रो दिन पनि आफ्नो अग्रतालाई कायमै राखेको छ। तेस्रो दिनको समाप्तीमा अष्ट्रेलिया २३६ रन बनाएपछि भारतले पहिलो इनिङ्समा अझै ३८६ रनको अग्रता बनाइरहेको छ।

तेस्रो दिन २४-० को अवस्थाबाट आफ्नो खेल अगाडी बढाएको अष्ट्रेलियाले २१२ रन थप्दा ६ विकेट गुमाएको छ। भारतीय बलर कुलदिप यादव र रवीन्द्र जडेजाले विकेट लिँदै अष्ट्रेलियालाई दबाबमा राखिरहेको छ।

अष्ट्रेलियाका लागि तेस्रो दिन ओपनर मार्कस ह्यारिसले अर्धशतकय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए। पहिलो विकेटका लागि ह्यारिसले उस्मान खवाजासँग ७२ रनको साझेदारी गरेका थिए। खवाजाले २७ रन जोडे। त्यसपछि कुनै पनि जोडीले राम्रो साझेदारी गर्न सकेनन्।
मार्कस लाबुसचेग्नेले ३८, ट्रेभिस हेडले २० रन बनाए भने शन मार्स ८ र कप्तान टिम पेन ५ रन बनाएर आउट भए।

तेस्रो दिनको समाप्तीमा पिटर ह्याण्ड्सकोम्ब २८ र प्याट कमिङ्स २५ रनमा नटआउट छन्। यी दुईले चौथो दिन अष्ट्रेलियाको इनिङ्स अगाडी बढाउनेछन्। बलिङमा भारतका कुलदिपले ३, जडेजाले २ तथा मोहम्मद शामीले १ विकेट लिए।

यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ६२२/७ को योगफल बनाएर इनिंग समाप्तिको घोषणा गरेको थियो। उसको लागि चेतेश्वर पुजाराले १९३ तथा रिशब पन्तले १५९ रनको इनिंग खेलेका थिए। नाथन लायनले ४ विकेट लिएका थिए।

चारतले चार टेष्टको सिरीजमा २-१ को अग्रता बनाइसकेको छ। भारत पहिलो पटक अष्ट्रेलियामा सिरिज जित्ने लक्ष्यका साथ खेलिरहेको छ। उता घरेलु टोली अष्ट्रेलियालाई सिरिज जोगाउन पनि चौथो टेष्ट बराबरी गर्नैपर्ने बाध्यता छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy