तेस्रो दिनको समाप्तीमा भारत अझै ३८६ रन अगाडी

  • विकेटनेपाल, पुष २१ – शनिवार 

अष्ट्रेलिया विरुद्धको चौथो टेष्टमा भारतले तेस्रो दिन पनि आफ्नो अग्रतालाई कायमै राखेको छ। तेस्रो दिनको समाप्तीमा अष्ट्रेलिया २३६ रन बनाएपछि भारतले पहिलो इनिङ्समा अझै ३८६ रनको अग्रता बनाइरहेको छ।

तेस्रो दिन २४-० को अवस्थाबाट आफ्नो खेल अगाडी बढाएको अष्ट्रेलियाले २१२ रन थप्दा ६ विकेट गुमाएको छ। भारतीय बलर कुलदिप यादव र रवीन्द्र जडेजाले विकेट लिँदै अष्ट्रेलियालाई दबाबमा राखिरहेको छ।

अष्ट्रेलियाका लागि तेस्रो दिन ओपनर मार्कस ह्यारिसले अर्धशतकय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए। पहिलो विकेटका लागि ह्यारिसले उस्मान खवाजासँग ७२ रनको साझेदारी गरेका थिए। खवाजाले २७ रन जोडे। त्यसपछि कुनै पनि जोडीले राम्रो साझेदारी गर्न सकेनन्।
मार्कस लाबुसचेग्नेले ३८, ट्रेभिस हेडले २० रन बनाए भने शन मार्स ८ र कप्तान टिम पेन ५ रन बनाएर आउट भए।

तेस्रो दिनको समाप्तीमा पिटर ह्याण्ड्सकोम्ब २८ र प्याट कमिङ्स २५ रनमा नटआउट छन्। यी दुईले चौथो दिन अष्ट्रेलियाको इनिङ्स अगाडी बढाउनेछन्। बलिङमा भारतका कुलदिपले ३, जडेजाले २ तथा मोहम्मद शामीले १ विकेट लिए।

यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ६२२/७ को योगफल बनाएर इनिंग समाप्तिको घोषणा गरेको थियो। उसको लागि चेतेश्वर पुजाराले १९३ तथा रिशब पन्तले १५९ रनको इनिंग खेलेका थिए। नाथन लायनले ४ विकेट लिएका थिए।

चारतले चार टेष्टको सिरीजमा २-१ को अग्रता बनाइसकेको छ। भारत पहिलो पटक अष्ट्रेलियामा सिरिज जित्ने लक्ष्यका साथ खेलिरहेको छ। उता घरेलु टोली अष्ट्रेलियालाई सिरिज जोगाउन पनि चौथो टेष्ट बराबरी गर्नैपर्ने बाध्यता छ।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]