चौथो टेष्ट : पुजाराको शतकमा पहिलो दिन भारतको उत्कृष्ट प्रदर्शन

  • विकेटनेपाल, पुष १८ , बिहिबार 

चेतेश्वर पुजाराले शतक प्रहार गरेपछि अष्ट्रेलिया विरुद्ध चौथो टेष्टमा भारतले उत्कृष्ट सुरुवात गरेको छ। पुजाराले नटआउट १३० रन बनाएपछि पहिलो दिन भारतले ३ सय ३ रन बनाएको छ। दिनको खेलमा समाप्तीमा भारतले ९० ओभर ब्याटिङ गर्दा ४ विकेट गुमायो।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो ओभरमै लोकेश राहुललाई ९ रनमा गुमाएको थियो। तर मायांक अग्रवालर पुजाराले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गर्दै  भारतलाई गतिलो सुरुवात दिलाए।

अग्रवालले ११२ बल खेल्दै ७ चौकार २ छक्काको मद्दतमा ७७ रन बनाए। कप्तान विराट कोहली २३ तथा अजिन्का रहाने १८ रन बनाएर आउट भए।

एक छेउबाट इनिङ्समा टिकिरहेका पुजाराले पहिलो दिन २५० बल खेल्दा १६ चौका प्रहार गर्दै १३० रन बनाए। पुजारासँगै हनुमान बिहारी ३९ रनमा नटआउट छन्। उनले ५८ बल खेल्दै ५ चौका प्रहार गरे।

टेस्टमा पुजाराको यो १८ औं शतक हो भने जारि सिरिजमा तेश्रो शतक हो। यस अघि उनले पहिलो टेस्टमा १२३ रन तथा तेश्रो टेस्टमा १०६ रनको इनिंग खेलेका थिए।

अष्ट्रेलियाका जोस हेजरउडले २ तथा मिचेल स्टार्क र नाथन लियोनले १-१ विकेट लिए।

सिड्नी टेष्ट अघि भारतले चार खेलको सिरिजमा २-१ को अग्रता बनाइसकेको छ। यस खेल बराबरीमा गरेमा मात्र पनि भारतले सिरिज जित्नेछ। अष्ट्रेलियाको लागि भने सिरिज जोगाउन यो खेल जित्नैपर्ने बाध्यता छ।

एडेलेइडमा भएको पहिलो टेष्ट भारतले ३१ रनले जितेको थियो। दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जित्दै १-१ को बराबरी गरेको थियो। तर मेलवर्नमा भएको तेस्रो टेष्टमा १३४ रनले जित्दै भारतले अग्रता बनाएको हो।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]