भारतसंग नेपाल पराजित

२०७६ आश्विन ५, आईतवार २०:१०

अपाङ्गता भएका व्यक्तिहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । ललितपुर स्थित सेन्ट जेभियर स्कुलको मैदानमा आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्यो।

जाउलाखेलस्थित सेन्ट जेभियर्स कलेजको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतलाई विशाल योगफलसम्म पुर्याउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए ।
यसैगरी सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए । नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक-एक विकेट हात पारे ।

एक सय ५७ रनको विशाल लक्ष्य पछ्यएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए । यसैगरी समन बरालले ११ रन जोडे । भारतका इमरान मल्लिकले तीन विकेट लिए ।

आइतबारको खेलको म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरा घोषित भए । उनलाई सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले ट्रफी प्रदान गरे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy