भारतसंग नेपाल पराजित

अपाङ्गता भएका व्यक्तिहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । ललितपुर स्थित सेन्ट जेभियर स्कुलको मैदानमा आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्यो।

जाउलाखेलस्थित सेन्ट जेभियर्स कलेजको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतलाई विशाल योगफलसम्म पुर्याउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए ।
यसैगरी सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए । नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक-एक विकेट हात पारे ।

एक सय ५७ रनको विशाल लक्ष्य पछ्यएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए । यसैगरी समन बरालले ११ रन जोडे । भारतका इमरान मल्लिकले तीन विकेट लिए ।

आइतबारको खेलको म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरा घोषित भए । उनलाई सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले ट्रफी प्रदान गरे ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]