२ खेल अगावै भारतलाई सिरिज, कोहली-रोहितले गरे हेडन-गिलक्रिस्टको बराबरी

  •  

न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारतले ५ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २ खेल अगावै ३-० ले जितेको छ। आगामी एकदिवसीय ३१ जनवरीमा र ३ फेव्रुरीमा खेलिनेछ।

यस अघि भारतले अस्ट्रेलियालाई पनि टेस्ट र एकदिवसीय सिरिजमा पराजित गरेको थियो। सन् २०१७ को च्याम्पियन्स ट्रफीमा हार पछि भारतले जितेको यो ११ औं सिरिज हो।

माउन्ट माउनगानुईमा सम्पन्न खेलमा न्युजिल्याण्डले टस जितेर ब्याटिंग गदै भारतलाई दिएको २४४ रनको लक्ष्य भ्रमण टोलिले मात्र ३ विकेट गुमाएर ४३ ओभरमै भेटायो।

जितमा भारतको लागि रोहित शर्माले ६२ रन तथा कप्तान बिराट कोहलीले ६० रनको योगदान दिए। रोहितले ७७ बलमा ३ चौका र २ छक्का तथा बिराटले ७४ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

शिखर धवन २८ रन बनाएर आउट भए पछि रोहित र बिराटले शतकीय साझेदारी गरेका थिए। रोहित र कोहलीको विकेट पछि अम्बाती रायडू र दिनेश कार्तिकले ७७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए। रायडूले ४० रन ( ४२ बलमा ५ चौका र १ छक्का ) तथा कार्तिकले ३८ रन ( ३८ बलमा ५ चौका र १ छक्का ) प्रहार गरे।

न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले २ ( १०-१-४०-२ ) तथा मिचेल स्यान्टरले १ विकेट ( १०-०-४५-१ ) लिए।

यस अघि न्युजिल्याण्डले ४९ ओभरमा २४३ बनाउदा सबै विकेट गुमाउन पुगेको थियो। उसको लागि रोस टेलरले ९३ तथा टम लाथमले ५१ रन बनाए। टेलरले १०६ बलमा ९ चौका प्रहार गरे।

भारतीय बलर मोहम्मद शामी जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए उनले ९ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवनेश्वर कुमार, युझ्भेन्द्र चाहल र हार्दिक पान्डयाले २/२ विकेट लिए।

कोहली र रोहितले गरे हेडन गिलक्रिस्टको बराबरी 

कोहली र रोहितले न्युजिल्याण्डसंग गरेको शतकीय साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा १६ औं शतकीय साझेदारी हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा यो तेश्रो सर्वाधिक शतकीय साझेदारी हो।

अस्ट्रेलियाका पुर्व खेलाडी एडम गिलक्रिस्ट र म्याथु हेडनले पनि १६ वटा शतकीय साझेदारी गरेका थिए जसको रोहित-कोहलीले बराबरी गरेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतकीय साझेदारी गर्ने रेकर्ड भारतका सौरभ गांगुली र सचिन तेन्दुलकरको नाममा रहेको छ। दुवैले २६ वटा शतकीय तथा २९ वटा अर्धशतकीय साझेदारी गरेका थिए। यस क्रममा दुवैले ८ हजार २ सय २७ रन साझेदारीको रुपमा बनाएका थिए। दोश्रो स्थानमा रहेका श्रीलंकाका तिलकरत्ने दिलशान र कुमार साँगाकाराले २० वटा शतकीय साझेदारी गरेका थिए।

( फोटो – आईसीसी , बिसीसीआई )





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]