एसिया कप : भारतद्वारा पाकिस्तान पराजित, पान्ड्याको अलराउन्ड प्रदर्शन

युएईमा जारि एसिया कप टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल बाँकी रहंदा भेटायो।

स्कोरकार्ड हेर्नुस 

भारतको लागि रभिन्द्र जडेजा र बिराट कोहलीले समान ३५ रन तथा हार्दिक पान्ड्याले अविजित ३३ रन योगदान दिए। सूर्यकुमार यादवले १८ तथा रोहित शर्माले १२ रन बनाए। जडेजा र पान्ड्याले पाँचौ विकेटको लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरे। जितको लागि अन्तिम ३ बलमा ६ रन आवस्यक हुँदा पान्ड्याले छक्का प्रहार गर्दै भारतलाई जित दिलाए।

पाकिस्तानको बलिंगमा मोहम्मद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो।

स्कोरकार्ड हेर्नुस 

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन योगदान दिए जुन क्रममा ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। इफ्तिखार एहमदले २८, शाहनावज दहानीले १६ तथा हरिस रौफले अविजित १३ रन बनाए।

भारतको बलिंगमा दायाँ हाते पेसर भुवनेश्वर कुमारले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। अर्का पेसर हार्दिक पान्ड्याले ३ विकेट लिए। अर्शदिप सिंहले २ विकेट तथा आभेस खानले १ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। 

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र हंगकंग गरि ६ टिम सहभागी छन्। समुह ‘ए’ मा भारत, पाकिस्तान र हंगकंग छन् भने समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। सबै टिमले समुह चरणमा एक अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहको उत्कृस्ट २/२ टिम सुपर-४ चरण प्रवेश गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy