पाकिस्तानबिरुद्ध भारतको ठुलो जित : एसिया कप

  • विकेटनेपाल, असोज ३ – बुधबार 

युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै भारत समुह बिजेताको रुपमा सुपर-४ चरण प्रवेश गरेको छ। सुपर-४ प्रवेश सुनिस्चित भएको अवस्थामा भारत-पाकिस्तान बीचको खेल प्रतिष्ठाको लडाईको रुपमा हेरिएको थियो।

अघिल्लो खेलमा हंगकंगसंग कमजोर प्रदर्शन गर्दै कठिन जित निकालेको भारतले पाकिस्तानसंग गल्ति दोहोर्याएन र ८ विकेटको जित सहज जित निकाल्यो।

टस जितेर ब्याटिंग गरेको पाकिस्तानले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनरद्वय रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि ८६ रनको साझेदारी गरे।

१४ औं ओभरमा रोहित व्यक्तिगत ५२ रन ( ३९ बल, ६ चौका र ३ छक्का ) शदाब खानको बलमा बोल्ड भएपछि १७ औं ओभरमा धवनले पनि विकेट गुमाउन पुगे। फहिद अशरफको बलमा क्याच आउट हुनु अघि उनले ५४ बलमा ६ चौका र १ छक्का मदातले ४६ रन बनाए।

दोश्रो विकेट गुमेपछि तेश्रो विकेटको लागि अम्बाती रायडू र दिनेश कार्तिकले ६० रनको साझेदारी गर्दै सहज जित दिलाए। रायडू र कार्तिक समान ३१ रन बनाएर अविजित रहे। भारतले २१ ओभर बाँकि छदै जित आत्मसाथ गर्यो।

पाकिस्तानको कमजोर ब्याटिंग 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको पाकिस्तानले खराब प्रदर्शन गर्दै मात्र १६२ रन जोड्न सक्यो। भारतको अनुशाशित बलिंगको अगाडी पाकिस्तानी ब्याट्सम्यानहरु ४३.१ ओभर मात्र टिक्न सके।

पाकिस्तानको इनिंगमा बाबर अजाम र शोएब मलिक बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। टोलीका सर्वाधिक योगदान गर्ने क्रममा अजामले ६२ बलमा ६ चौका सहित ४७ रनको इनिंग खेले। यस्तै मलिकले भने ६७ बलमा १ चौका र १ छक्का सहित ४३ रन जोडे।

ओपनरद्वय फखर जमान र इमाम उल् हकलाई सस्तैमा गुमाएको पाकिस्तानको इनिंगलाई बाबर र मलिकको तेश्रो विकेटको ८२ रनको साझेदारीले सम्मानजनक अवस्थासम्म पुर्यायो। तर २१.२ ओभरमा बाबर अजाम पभेलियन फर्किएपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका लागि केदार जाधव र भुवनेश्वर कुमारले उत्कृस्ट बलिंग प्रदर्शन गरे। दुवैको नाममा समान ३-३ विकेट रह्यो। यस्तै जस्प्रित बुम्राहले समेत २ विकेट चट्काए। कुमारले ७ ओभरमा १५ रन तथा जाधबले ९ ओभरमा २३ रन खर्चिए।

फोटोहरु – 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]