भारतसंग श्रीलंका स्तब्ध : त्रिदेशीय टि-२० सिरिज

  • विकेटनेपाल – २९ फाल्गुन, मंगलवार

श्रीलंकामा जारि बंगलादेश र भारत समेत सम्मिलित त्रिदेशीय टी- २० सिरिजको सोमबार सम्पन्न चौथो खेलमा शार्दुल ठाकुरको उत्कृस्ट बलिंगको सहयोगमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

बर्षा बाधक बनेपछि १९ ओभरमा झारिएको खेलमा टस जित्दै भारतले पहिले बलिंग गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिंग गर्दै श्रीलंकाले निर्धारित १९ ओभरमा ९ विकेट गुमाएर १५२ रन जोडेको थियो । उसको इनिंगमा कुसल मेन्डिसले ५५, उपुल थरंगाले २२, दसुन शनाकाले १९, धनुश्का गुनाथिलकाले १७ र थिसारा परेराले १५ रन जोडेका थिए ।

विकेटको खुसि मनाउदै सुरेश रैना

लगातार विकेट गुमाएको श्रीलंकाको इनिंगमा कुसल मेन्डिसलेभने उत्कृस्ट ब्याटिंग गर्दै अर्ध शतक जोडेका थिए । टि-२० अन्तर्राष्ट्रिय करियरको चौथो अर्ध-शतक बनाउने क्रममा मेन्डिसले मात्र ३८ बलमा ३ चौका र ३ छक्का सहित ५५ रनको इनिंग खेलेका थिए ।

भारतको बलिंगमा शार्दुल ठाकुर एक्लैले ४ विकेट चट्काएका थिए । आफ्नो टि-२० अन्तर्राष्ट्रिय करियरकै सर्वाधिक उत्कृस्ट बलिंग प्रदर्शन गर्नेक्रममा ठाकुरले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट हात पारेका थिए । यस्तै वासिंटन सुन्दरले समेत २ विकेट आफ्नो नाम गर्न भ्याए ।

शार्दुल ठाकुर

जवाफमा १९ ओभरमा १५३ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको भारतले १७.३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतलाई सहज जित दिलाउन मनिष पाण्डेले अविजित ४२ रन र दिनेस कार्तिकले अविजित ३९ रन बनाए ।

मात्र ३१ बल खेलेका पाण्डेले ३ चौका र १ छक्का सहित ४२ रन जोड्दा कार्तिकले भने २५ बलमा ५ चौका सहित ३९ रन जोडे । यस्तै सुरेश रैनाले २७ र लोकेश राहुलले १८ रन जोड्दा कप्तान रोहित शर्मा ११ रनमा पभेलियन फर्किए ।

श्रीलंकाको बलिंगमा अकिला धनन्जयले २ तथा नुवान प्रदिप र जिभन मेन्डिसले समान १-१ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन । जितपछि भारत अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

भारतको ३ खेलबाट ४ अंक रहेको छ भने दोस्रो स्थानको श्रीलंकाको २ अंक रहेको छ । यस्तै तेस्रो स्थानमा रहेको बंगलादेशको पनि समान २ अंक रहेको छ। नेट रन रेटका आधारमा श्रीलंका बंगलादेशभन्दा माथी रहेको छ । बुधावारहुने पाँचौं खेलमा बंगलादेशले भारतको सामना गर्ने छ ।

 

फोटोहरु : (@BCCI)





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]