भारत र इंग्ल्यान्ड बीच पाँचौ टेस्ट रद्द

२०७८ भाद्र २५, शुक्रबार १५:२८

भारत र इंग्ल्यान्ड बीचको म्यानचेस्टरमा आज ( शुक्रबार ) सुरु हुने पाँचौ टेस्ट रद्द भएको छ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिज्ञप्ति जारी गर्दै टेस्ट स्थगित भएको अधिकारिक बिज्ञप्ति जारि गर्दै बताएको छ – “टिममा धेरै कोभिड-१९ केसहरु देखिने डरका कारण भारत खेल्न तयार थिएन। हामि सबै समर्थक र साझेदारहरुसंग क्षमा माग्न चाहन्छौं जसले सबैलाई निराश बनाएको छ। भारतीय क्रिकेट बोर्ड र इंग्ल्यान्ड क्रिकेट बोर्डले संयुक्त रुपमा यो निर्णय लिएको हो। सिरिजमा भारत २-१ ले अगाडी रहेको थियो।

भारतीय टिमका असिस्टेन्ट फिजियो योगेश परमारलाई कोरोना पोजेटिभ पाइएको थियो। भारतीय टिमका सबै सदस्यहरुको कोभिड टेस्ट नेगेटिभ आएता पनि स्वास्थ्य साबधानी र १० दिन पछि सुरु हुने आईपीएललाई मध्येनजर राखेर यस्तो निर्णय लिईएको बुझिएको छ। भारतीय खेलाडीहरुको दोश्रो टेस्ट पनि गरिएको छ जसको नतिजा भने आइसकेको छैन।

पाँचौ टेस्ट रद्द भए पछि टेस्ट सिरिज भारतले जित्न सफल भएको छ। सिरिजको पहिलो टेस्ट वर्षाका कारण बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले  १५१ रनले तथा तेश्रो टेस्ट इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जितेको थियो। चौथों टेस्टमा भारत १५७ रनले विजयी हुँदा सिरिजमा अग्रता पाएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy