U19 Asia Cup : भारतको उपाधि ह्याट्रिक

श्रीलंकालाई ९ विकेटले ( डी/एल मेथड ) मा पराजित गर्दै भारतले अन्डर-१९ एसिया कपको ह्याट्रिक उपाधि जितेको छ। भारतले यु-१९ एसिया कपको उपाधि जितेको यो समग्रमा आठौँ पटक हो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर श्रीलंकाले पहिले ब्याटिंग गर्दै निर्धारित ३८ ओभरमा ९ विकेट क्षेतीमा १०६ रन बनाएको थियो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाइएको थियो।

श्रीलंकाको लागि यासिरु रोडरिगोले सर्वाधिक १९, रभीन डी सिल्भाले १५, मथिसहा पाथीराना र सदिशा राजपक्षले समान १४ रन योगदान दिए। ५७ रनमा ७ विकेट गुमाए पछि श्रीलंकाले थप २ विकेट मात्र गुमाएर ४९ रन जोड्यो। भारतको बलिंगमा विकि ओस्टवालले ३ तथा कौशल ताम्बेले २ विकेट लिए।

दोश्रो इनिंग्सको खेल वर्षाले प्रभावित हुँदा भारतले ३२ ओभरमा १०२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले २१.३ ओभरमा मात्र १ विकेट क्षेतीमा भेटायो। भारतीय ओपनर अंगकृष रघुबंशीले अविजित ५६ तथा शैक रशिदले अविजित ३१ रन बनाए। रघुबंशी र रशिदले दोश्रो विकेटको लागि ९६ रनको साझेदारी गरे।

सेमीफाइनलमा भारतले बंगलादेशलाई तथा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको थियो।

प्रतियोगितामा नेपाल समूह चरणमा सबै खेलमा पराजित हुँदै पहिलो चरणबाट घर फर्केको थियो। नेपाल कुवेत, श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]