WTC FINAL : टस हारेको भारतले पहिले ब्याटिंग गर्ने, यस्तो छ दुवै टिमको अन्तिम-११

२०७८ असार ५, शनिबार १५:०६

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले टस जितेर फिल्डिंग रोज्दै भारतलाई पहिले ब्याटिंगको निम्तो दिएको छ।

टेस्ट अन्तर्गत हिजो पहिलो दिनको खेल वर्षाका कारण टसनै नभई रद्द भएको थियो। दोश्रो दिन भने समयमै खेल सुरु हुन लागेको हो। नेपाली समय ३:१५ बजे बाट खेल सुरु हुनेछ।

टस जितेपछि न्युजिल्यान्ड कप्तान विलियमसनले मौसमलाई मध्यनजर राखेर बलिंग रोजेको बताए। उनले ४ जना फास्ट बलरलाई अन्तिम-११ मा मौका दिएको र स्पिनरलाई नखेलाउने बताए- “मौसमलाई मध्यनजर राखेर हामीले पहिले बलिंग रोजेका हौँ आशा गर्छौ कि यसको पुरा फाइदा उठाउने छौँ। विश्वको उत्कृस्ट टिम बिरुद्ध चुनौतिपूर्ण खेल हुनेछ। पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल हुनाले हामि उत्साहित छौँ। हामीले यहाँ पुग्न २ वर्ष प्रयास गरेका छौँ र भाग्यशाली छौँ।” विलियमसनले बताए।

टस हारेपछि भारतीय कप्तान बिराट कोहलीले पनि टस जितेको भए बलिंगनै रोज्ने सोचेको बताए- “टस जितेको भए हामीले पनि बलिंग रोज्ने सोचेका थियौं। तर हाम्रो बलियो पक्ष बोर्डमा रन बनाउनु हो। ठूलो फाइनलमा राम्रो रन बनाउनु फाइदाजनक हुन्छ। हाम्रो टिम हेर्दा कुनै पनि परिस्थितिको लागि उत्कृस्ट छ। हामीले टेस्ट क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छौँ। हाम्रो लागि यो कुनै एक टेस्ट म्याच जस्तै हो त्यसैले प्रक्रियालाई पछ्याउनेछौँ।” कोहलीले बताए।

न्युजिल्यान्डको अन्तिम ११ : टम लाथम, डेभोन कनवे, केन विलियमसन ( कप्तान ) , रोस टेलर, हेनरी निकोलस, बिजे वाटलिंग ( विकेटकिपर ) , कोलिन डी ग्रयाण्डहोम, कायल जेमीसन, निल वाग्नर, टिम साउदी, ट्रेन्ट बोल्ट

भारतको अन्तिम ११ : रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने, रिशभ पन्त ( विकेटकिपर ) , रभीन्द्र जडेजा, रभचन्द्रन आश्विन, इशान्त शर्मा, मोहमम्द शामी, जस्प्रित बुम्राह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy