एसिया कप : रोमान्चक खेलमा पाकिस्तानद्वारा भारत पराजित

भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले युएईमा जारी एसिया कप २०२२ को सुपर-४ चरणमा विजयी सुरुवात गरेको छ। स्कोरकार्ड

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी हुँदा ५ विकेट गुमाएर भेटायो।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाए जुन क्रममा ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नवाजले मात्र २० बलमा ६ चौका र २ छक्का मद्दतले ४२ रन बनाए। आसिफ अलिले १६, फखर जमानले १५ तथा बाबर आजम र खुसदिल शाहले समान १४ रन बनाए।

चौंथो ओभरमा बाबर आजम आउट भएपछि रिजवानले दोश्रो विकेटको लागि जमानसंग ४१ रनको तथा तेश्रो विकेटको लागि नवाजसंग ७३ रनको साझेदारी गरे। रिजवान १७ औं ओभरमा आउट भए।

जितको लागि २ ओभरमा २६ रन आवस्यक हुँदा भुवनेश्वर कुमारले १९ औं ओभरमा १९ रन खर्चिए। अन्तिम ओभरमा ७ रन आवस्यक हुँदा अर्शदिप सिंहको दोश्रो बलमा आसिफ अलिले चौका प्रहार गरे। त्यसपछि चौंथो बलमा अलिलाई अर्शदिपले एलबिडब्लु पारे। २ बलमा २ रन आवस्यक हुँदा इफ्तिखार एहमदले २ रन लिंदै जित दिलाए। १८ औं ओभरमा रभी बिस्नोईको बलमा आसिफ अलिको सहज क्याच अर्शदिप सिंहले छोड्नु भारतको लागि आत्मघाती रह्यो। अन्तिम ३ ओभरमा भारतले वाइड मार्फत ६ रन खर्चियो।

भारतको बलिंगमा भुवनेश्वर कुमार, अर्शदिप सिंह, रभी बिस्नोई, हार्दिक पान्ड्या र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट क्षेतीमा १८१ रन बनायो।

भारतको लागि बिराट कोहलीले सर्वाधिक ६० रन बनाए जुन क्रममा ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर केएल राहुल र रोहित शर्माले समान २८ रन बनाए। दिपक हुडाले १६ तथा रिशभ पन्तले १४ रन बनाए।

रोहित र राहुलले ५४ रनको ओपनिंग साझेदारी गरेका थिए। त्यसपछि अर्को किनारमा लगातार विकेट गुमे पनि कोहलीले अन्तिम ओभरसम्म ब्याटिंग गरे। अन्तिम ओभरमा कोहली रन आउट भए।

पाकिस्तान बलर शदाब खानले २ विकेट लिए भने नसिम शाह, मोहम्मद हसनैन, हरिस रौफ र मोहम्मद नवाजले १/१ विकेट लिए। स्कोरकार्ड

सुपर-४ चरण अन्तर्गत पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हिजो ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। सुपर-४ चरणको तेश्रो खेलमा मंगलबार भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]