इमर्जिंग एसिया कप : दोश्रो दिन भारत र पाकिस्तानको जित

श्रीलंकाको कोलोम्बोमा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत दोश्रो दिन सम्पन्न समुह ‘बि’ अन्तर्गतका दुईवटा खेलमा भारत ए र पाकिस्तान ए विजयी भएका छन्।

भारत ए ले युएई ए लाई ८ विकेटले तथा पाकिस्तान ए ले नेपाललाई ४ विकेटले पराजित गर्यो।

सिंहालिज स्पोर्ट्स क्लब मैदानमा युएईले दिएको १७६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर भेटायो। भारतको जितमा ब्याटिंगतर्फ कप्तान यश धुलले अविजित शतक बनाए जुन क्रममा ८४ बलमा २० चौका र १ छक्का मद्दतले १०८ रन बनाए। बलिंगतर्फ हर्षित रानाले ४ विकेट लिए। युएईको ब्याटिंगमा अश्वन्त भालथापाले ४६ रन बनाए।

कोलोम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर ३२.५ ओभरमा भेटायो। पाकिस्तानको ब्याटिंगतर्फ तैयब ताहिरले ५१, ओमेर युसुफले ३६ तथा कमरान घुलामले ३१ रन बनाए भने बलिंगतर्फ शाहनवाज दहानीले ५ विकेट तथा मोहम्मद वासिमले ४ विकेट लिए। प्लेयर अफ द म्याच दहानीले १० ओभरमा १ मेडन ओभर गर्दै ५१ रन खर्चिए।

टस जितेर ब्याटिंग गर्दै अत्यन्त खराब सुरुवात गरेको नेपालले पहिलो ८ विकेट ७२ रनको योगफलमै गुमायो। नवौं विकेटको लागि सोमपाल कामिले प्रतिश जिसीसंग ५८ रनको तथा दशौँ विकेटको लागि सोमपाल र ललित राजबंशीले ५९ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याए। सोमपालले १०१ बलमा ९ चौका र २ छक्का मद्दतले ७५ रन बनाए। प्रतिशले २६, कुशल मल्ल र अर्जुन साउदले समान १७, गुल्सन झाले १३ तथा आसिफ शेखले १२ रन बनाए।

नेपालको बलिंगतर्फ देब्रे हाते स्पिनर ललित राजबंशीले ३ ( ८.५-१-५०-३ ) तथा पवन सर्राफले २ विकेट ( ५-१-१५-२ ) लिए।

अंकतालिका 

प्रतियोगिता अन्तर्गत तेश्रो दिन शनिवार श्रीलंका ए र अफगानिस्तान ए तथा बंगलादेश ए र ओमान ए बीच प्रतिस्पर्धा हुनेछ। नेपालले आगामी खेल जुलाई १७ तारिखमा भारत ए संग खेल्नेछ।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]