इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा भारत र पाकिस्तान बीच प्रतियोगिताको २२ औं खेल भइरहेको छ।
खेलमा टस हारेर ब्याटिंग गरेको भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाएको छ। एक्कासी ठुलो पानि परे पछि खेल रोकिएको छ।
टस जितेर पाकिस्तानले बलिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गरेको भारतले उत्कृस्ट सुरुवात गर्यो। ओपनर रोहित शर्मा र केएल राहुलले शतकीय साझेदारी गरे।
शिखर धवन घाइते भएपछि चौथो नम्बरबाट ओपनिंग गर्न आएका राहुल २४ औं ओभरमा आउट हुँदा १३६ रनको ओपनिंग साझेदारी टुटेको थियो। ५७ रन बनाएका राहुलले ७८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
राहुलको विकेटपछि पनि रोहितले एक किनार सम्हालीरहे र दोश्रो विकेटको लागि कप्तान बिराट कोहलीसंग ९८ रनको साझेदारी गरे। ३९ औं ओभरमा रोहितलाई हसन अलिले क्याच आउट गराएर साझेदारी तोडे।
रोहितले करियरको २४ औं शतक बनाए जुन क्रममा ११३ बलमा १४ चौका र ३ छक्का मदतले १४० रन बनाए। पाकिस्तान र भारत बीच विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक व्यक्तिगत रन यो। यस अघि पाकिस्तान र भारतले विश्वकपमा खेलेको ६ खेलमा मात्र २ शतक बनेको थियो जुन बिराट कोहलीले २०१५ मा तथा सइद अनवरले २००३ मा प्रहार गरेका थिए।
रोहितको विकेटपछि कोहलीले किनार सम्हालीरहे भने बीचमा चौथो नम्बरमा ब्याटिंग गर्न आएका हार्दिक पान्ड्याले आक्रामक इनिंग खेले। १९ बलमा २ चौका र १ छक्का बनाएर उनि मोहम्मद आमिरको बलमा आउट भए। लगत्तै महेन्द्र सिंह धोनी पनि आमिरकै बलमा मात्र १ रन बनाएर क्याच आउट भए।
वर्षाले खेल रोकिंदा कोहली ७१ रन तथा भिजे शंकर ३ रन बनाएर ब्याटिंग गरिरहेका छन्। कोहलीले ६२ बलमा ६ चौका प्रहार गरेका छन्। उनि ओडीआई क्रिकेटमा छिटो ११,००० रन पुरा गर्ने ब्याट्सम्यान समेत बनेका छन्।
पाकिस्तानको बलिंगमा मोहम्मद आमिरले २ विकेट ( ८-१-३४-२ ) तथा हसन अलि ( ९-०-८४-१ ) र वहाव रीयाज ( ८.४-०-५३-१ ) १/१ विकेट लिएका छन्। इमाद वासिम, शदाब खान, शोयब मलिक र मोहम्मद हफिज विकेटविहिन रहे।