कोहलीलाई मन परेन भारतीय समर्थकहरुको व्यवहार

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलियालाई भारतले ३६ रन पराजित गर्दै प्रतियोगितामा दोश्रो जित निकाल्यो। बलियो टिम बिरुद्ध जित हात पार्दा लण्डनको केंनिंगटन ओभल मैदानमा अधिकांश भारतीय समर्थकहरुको उपस्थिति थियो। खेलमा समर्थकहरुको साथको बाबजुद भारतीय कप्तान बिराट कोहली भने आफ्ना फ्यानहरुबाट खुसि देखिएनन्।

स्मिथलाई भारतीय दर्शकहरुले “चिटर चिटर” अर्थात् बेइमान भनेर हुटिंग गरेका थिए। यस अघि इंग्ल्याण्डसंगको खेलको दौरान पनि इंग्ल्याण्ड दर्शकहरुले स्मिथ प्रति यस्तै व्यवहार देखाएका थिए।

खेलको दौरान भारतीय समर्थकहरुले अस्ट्रेलियन पुर्व कप्तान स्टिभ स्मिथ प्रति देखाएको व्यवहार प्रति कोहलीले खराब उदाहरण प्रस्तुत भएको बताए।

समर्थकहरुले सुरुवातमा स्मिथलाई ‘बु’ ( नेपालीमा छि ! छि ! गरेको जस्तो ) गरेका थिए। त्यसपछि स्मिथ थर्ड म्यानमा फिल्डिंग गर्दा “चिटर-चिटर” भने। त्यसपछि हार्दिक पान्ड्या आउट हुँदा पुनः स्मिथलाई उस्तै व्यवहार देखाए।

त्यसपछि कोहलीले ब्याटिंग गर्दै गर्दा दर्शक पट्टि फर्केर यसलाई तुरुन्त बन्द गर्न तथा बरु तालि बजाउन अनुरोध गर्दै स्मिथ पट्टि इशारा गरेका थिए। कोहलीले पुनः त्यस्तो गरे जति बेला स्मिथ कोहली नजिकबाट हिनेका थिए जसपछि दुवैले हात मिलाए।

त्यसपछि स्मिथ ब्याटिंग गर्न आउदा दर्शकको एउटा समुहले पुनः ‘बु’ गरे। त्यस बेला कोहली मिड-विकेटमा फिल्डिंग गरिरहेका थिए। पुनः कोहलीले माथि हेर्दै हातले इशारा गर्दै रोक्न अनुरोध गरे।

स्मिथले खेलमा अस्ट्रेलियाको लागि सर्वाधिक ६९ रन बनाए जसको बाबजुद अस्ट्रेलिया पराजित हुन पुग्यो।

कोहलीले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय फ्यानको व्यवहार प्रति चित्त दुखाए।

“यहाँ धेरै भारतीय समर्थकहरु छन् र इमान्दारिता साथ भन्छु कि म चाहन्नकि उनीहरुले खराब उदाहरण प्रस्तुत गरुन्, मेरो विचारमा उनले छि-छि गर्न लायक केहि गरेका छैनन्। उनि क्रिकेट खेलीरहेका छन्।”

“उनि उभीरहेका थिए, मलाई चित्त दुख्यो। यदी म उही परिस्थितिमा हुन्थे र मैले पनि त्यस्तै केहि गरेको हुन्थे र मैले गल्ति स्वीकार गर्दै माफी मागेको हुन्थे र पुनरागमन गर्थे र पनि मलाई ‘बु..’ गरिन्छ, मलाई पक्कै मन पर्थेन”

“त्यसैले मलाई उनिप्रति सहानुभूति जाग्यो र भारतीय दर्शकको तर्फबाट मैले स्मिथसंग माफी मांगे”

“अरु खेलहरुमा पनि यस्तो भएको थियो जुन मेरो बिचारमा स्वीकार्य छैन”

स्मिथ र डेभिड वार्नरले स्याण्डपेपर-गेट काण्डको कारण प्रतिबन्ध भोगेपछि अस्ट्रेलियन टिममा पुनरागमन गरेका हुन्। अर्का खेलाडी क्यामरुन ब्यांक्रफ्टले पनि प्रतिबन्ध भोगेका थिए। अफगानिस्तानसंगको खेलमा पनि दर्शकहरुले उस्तै व्यवहार देखाएका थिए।

“हेर्नुस, जे भयो त्यो धेरै अघि भैसक्यो। उनीहरु खेलमा फर्कीसकेका छन् र आफ्नो देशको लागि राम्रो खेल्न चाहीरहेका छन्। आईपीएलमा पनि मैले उनलाई हेरे, इमान्दारिताका साथ भन्छु कसैलाई त्यस्तो देख्दा नराम्रो महसुस हुन्छ”

“हामि बीच मैदानमा केहि घटनाहरु भएका छन् र विवाद पनि भएका थिए तर जति पटक उनि मैदानमा जान्छन् त्यही पटक उनलाई त्यस्तो व्यवहार देखिदा मलाई हेर्न मन लागेन”

“जे भयो त्यो सकीसक्यो र सबैलाई थाहा छ उनि फर्कीसकेका छन्, उनि कठिन मेहनत गरिरहेका छन् उनको देशको लागि राम्रो गर्न” कोहलीले थपे।

फर्केर हेर्दा स्याण्डपेपर-गेट काण्ड

दक्षिण अफ्रिका बिरुद्द २०७४ चैतमा सम्पन्न टेस्टको तेस्रो दिनमा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान क्यामरुन ब्यान्क्रफ्ट बल टेम्परिंग गर्दै गर्दा क्यामरामा कैद भएका थिए। पहेंलो रंगको टेप प्रयोग गरेर बललाई क्षति पुर्याएको अवस्थामा ब्यान्क्रफ्ट क्यामरामा कैद भएका थिए। आफ्नो हर्कत स्क्रिनमा कैद भएपछि ब्यान्क्रफ्टले उक्त टेप गोजीभित्र बाट झिकेर ट्राउजरभित्र लुकाएका थिए।

उक्त टेप ब्यान्क्रफ्टले हातमा उल्टो टाँसेका थिए। टेपको टाँसिने भाग उनि पिचमा दलेपछि खस्रो भएको टेपले बलको एउटा भागलाई रगड्थे।त्यसो गर्दा बलको एउटा भाग खश्रो भइ बलले रिभर्स स्विंग प्राप्त गर्न सक्थ्यो।

खेलका क्रममा भएको त्यसघटना पछि तेस्रो दिनको खेल पछि पत्रकार सम्मेलनमा कप्तान स्मिथ र ब्यान्क्रफ्टले आफ्नो गल्ति स्वीकार गरेका थिए। पत्रकारहरुको जवाफ दिनेक्रममा स्मिथले टोलिका सबै खेलाडी त्यस घटनाको बारेमा जानकार रहेको र सबै खेलाडीको सहमतिमानै ब्यान्क्रफ्टलाई त्यसो गर्न लगाइएको बताएका थिए। त्यसपछि ३ जना खेलाडीलाई क्रिकेट अस्ट्रेलियाले १ वर्ष प्रतिबन्ध लागेको थियो।

 

 

 

 

 





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]