अस्ट्रेलिया टुरको लागि भारतीय टिमको घोषणा, रोहित छैनन्, राहुलको टेस्ट टिममा पुनरागमन

२०७७ कार्तिक १०, सोमबार २२:०७

भारतीय क्रिकट बोर्डद्वारा आगामी अस्ट्रेलिया भ्रमणको लागि टेस्ट, वानडे र टि-२० फर्म्याटको लागि २८ सदस्यीय टिमको घोषणा गरेको छ। भारतले अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्ट, ३ टि-२० र ३ वानडेको सिरिज खेल्नेछ। सिरिज जैव सुरक्षित वातावरणमा खेलिनेछ जसको खेलतालिका घोषणा गरिएको छैन।

घोषित टिममा भारतीय सिमित ओभर क्रिकेटका उपकप्तान रोहित शर्मालाई कुनै पनि टिममा समावेश गरिएको छैन। यस्तै टेस्ट टिमका नियमित सदस्य भेट्रान पेसर इशान्त शर्मा तथा भुवनेश्वर कुमार पनि टिममा छैनन्। शर्मा र कुमार घाइते हुँदै आईपीएलबाट बाहिर भएका थिए जो बोर्डको मेडिकल टिमको निगरानीमा रहने बताईएको छ। रोहित शर्मा र इशान्त शर्मा दुवै युएईमा जारि आईपीएल टि-२० अन्तर्गत घाइते भएका हुन्।

लिगमा पन्जाबको कप्तानी गरिरहेका केएल राहुललाई टि-२० र वानडे सिरिजको उपकप्तान नियुक्त गरिएको छ। राहुललाई टेस्ट टिममा पनि मौका दिईएको छ जो संगै स्पिनर कुलदिप यादव र पेसर मोहम्मद सिराज पनि टेस्ट टिममा छन्।

आईपीएलमा कोलकाताको प्रतिनिधित्व गर्दै उत्कृस्ट बलिंग गरिरहेका तथा भर्खरै दिल्ली बिरुद्ध ५ विकेट लिएका मिस्ट्रि स्पिनर वरुण चक्रवर्तीलाई टिममा स्थान दिईएको छ। सन्जु स्यामसनले टि-२० टिममा मौका पाएका छन् भने रिशभ पन्त र रिद्दीमान शाहलाई टेस्टमा मौका दिईएको छ।

रोहितको स्थानमा केएल राहुललाई वानडे र टि-२० टिमको उपकप्तान नियुक्त गरिएको छ

टि-२० टिममा आईपीएलमा उत्कृस्ट ब्याटिंग गरिरहेका मायाँक अग्रवाल र शिखर धवन वानडे र टि-२० टिममा समाबेश गरिएका छन्। फास्ट बलर दिपक चाहर र नभदिप सैनी पनि दुवै टिममा छन्। कुलदिप यादबलाई टि-२० टिममा समाबेश गरिएको छैन।

वानडे टिममा रहेका रिशभ पन्त र पृथ्वी शलाई वानडे टिममा राखिएको छैन। पृथ्वीलाई टेस्ट टिममा मौका दिईएको छ।

छनौट समितिले अस्ट्रेलिया टुरको लागि ४ जना अतिरिक्त बलरको रुपमा कमलेश नगरकोटी, कार्तिक त्यागि, इशान पोरेल र टि नटराजनलाई पनि लैजाने भएको छ।

टेस्ट टिम : बिराट कोहली ( कप्तान ) , मायाँक अग्रवाल, पृथ्वी श, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्ये रहाने ( उपकप्तान ) , हनुमा विहारी, शुबमन गिल, रिद्दिमान शाह ( विकेटकिपर ) , रिशभ पन्त ( विकेटकिपर ) , जस्प्रित बुम्राह, मोहम्मद शामी, उमेश यादव, नभदिप सैनी, कुलदिप यादव, रभिन्द्र जडेजा, रभीचन्द्रन आश्विन, मोहम्मद सिराज

टि-२० टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, मायाँक अग्रवाल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन ( विकेटकिपर ) , रभिन्द्र जडेजा, वासिंगटन सुन्दर, युज्भेन्द्र चहल, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, दिपक चाहर, वरुण चक्रवर्ती

वानडे टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, शुबमन गिल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, मायाँक अग्रवाल, रभिन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदिप यादव, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, शार्दुल ठाकुर

स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा

कोलकातासंग हार पछि रबाडाको चिन्ता

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy