हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

२०७८ बैशाख २४, शुक्रबार २१:००

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा गरेको छ। च्याम्पियनसिपको फाइनल जुन १८ तारिख देखि इंग्ल्यान्डको द रोज बल स्टेडियममा खेलिनेछ।

घोषित टिममा भारतले हार्दिक पान्ड्या, पृथ्वी श र कुलदिप यादवलाई समाबेश गरेको छैन। २०१८ मा ढाडको चोट पछि लगातार रुपमा कार्यभार सन्तुलन गरिरहेका हार्दिकले आईपीएल २०२१ मा मुम्बई इन्डीयन्सको लागि खेलेको ७ वटा खेलमा बलिंग गरेका थिएनन्। पान्ड्याले अन्तिम पटक २०१८ को इंग्ल्यान्ड भ्रमणमा टेस्ट खेलेका थिए।

अलराउण्डर रभीन्द्र जडेजाले भने गत वर्ष घाइते भएपछि पुनरागमन गरेका छन्। घरेलु मैदानमा इंग्ल्यान्ड बिरुद्ध पुनरागमन गर्ने अवसर पाएता पनि अक्षर पटेलले शानदार प्रदर्शन गरेपछि उनले मौका पाएका थिएनन्। जडेजासंगै अक्षर पनि टिममा रहेका छन्। घाइते भएका कारण इंग्ल्यान्ड बिरुद्ध घरेलु टेस्ट गुमाएका थिए हनुमा विहारीले पनि पुनरागमन गरेका छन्।

पहिलो आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको ट्रफी

घोषित टिममा रोहित शर्मा, शुबमन गिल र मायाँक अग्रवाल ओपनरको रुपमा रहेका छन्। फ्लप अस्ट्रेलिया भ्रमण पछि पृथ्वी शले भने पुनरागमन गर्न सकेनन्। तथापी उक्त भ्रमण पछि पृथ्वीले भारतीय घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा मुम्बईलाई विजयी गराउन तथा यो सिजन आईपीएलमा समेत राम्रो प्रदर्शन गरेका थिए। भारतीय छनौटकर्ताहरुले ओपनरको रुपमा चौथो बिकल्प केएल राहुललाई राखेका छन् तथापी उनको फिटनेस बारे भने भन्न सकिने अवस्था रहेको छैन। राहुलले भर्खरै एपेन्डीसाईटिसको अपरेसन गराएका छन्।

कुनै बेला विदेशी भुमिमा भारतको नम्बर-१ स्पिनर रहेका कुलदिप यादवले भने टिममा मौका पाउन असफल रहे। यादव अस्ट्रेलिया टुरको सबै खेल बेन्चमा बस्नुपरेको थियो।

भारतको फास्ट बलिंग बिभागमा मोहम्मद शामी, जस्प्रित बुम्राह, इशान्त शर्मा, शार्दुल ठाकुर, उमेश यादव र मोहम्मद सिराज रहेका छन्।

साउथह्याम्पटनमा टेस्ट च्याम्पियनसिपको फाइनल खेलेपछि भारतले इंग्ल्यान्ड बिरुद्ध पांच वटा टेस्टको सिरिज खेल्नेछ जुन अगस्ट ४ तारिख देखि सुरु हुनेछ।

घोषित टिम : रोहित शर्मा, शुबमन गिल, मायाँक अग्रवाल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंक्ये रहाने ( उपकप्तान ) , हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, रभीन्द्र जडेजा, अक्षर पटेल, वासिंगटन सुन्दर, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव, केएल राहुल ( फिटनेस पास गरे मात्र ) , रिद्दिमान शाह ( विकेटकिपर,  फिटनेस पास गरे मात्र )

अतिरिक्त खेलाडी : अभिमन्यु इश्वरन, प्रसिध कृष्ण, आभेस खान, अर्जान नगवासवल्ला

यो पनि पढ्नुस 

https://wicketnepal.com/kushal-icc-pom-mano-wn1/

https://wicketnepal.com/karan-kc-4-world-record-wn21/

https://wicketnepal.com/jamieson-denied-to-bowl-kohli-in-rcb-nets/

https://wicketnepal.com/ipl-2021-sthagit-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy