वेस्टइन्डिज टुरको लागि भारतीय टिमको घोषणा, धोनी बाहिर, कोहली र रोहित खेल्ने

२०७६ श्रावण ५, आईतवार १७:२९

भारतीय क्रिकेट बोर्ड – बिसीसीआईले वेस्ट इन्डिजसंग टुरको लागि सोमबार टिमको घोषणा गरेको छ।

भारतले अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म १ महिने वेस्टइन्डिज टुर गर्दैछ जसमा ३ वटा ओडीआई ,३ वटा टि-२० र २ वटा टेस्ट खेल्ने कार्यक्रम रहेको छ। अगस्ट ३, ४ र ६ मा ३ वटा टि-२० , अगस्ट ८, ११ र १४ मा ३ वटा ओडीआई र अगस्ट २२ र अगस्ट ३० मा २ वटा टेस्ट खेलिनेछ।

खेल्नेछन् कोहली, धवनको कमब्याक  

यस अघि आराम गर्ने अनुमान गरिएता पनि बिराट कोहलीले वेस्ट इन्डिज टुरमा टिमको कप्तानी गर्ने भएका छन्। ३ वटै फर्म्याटमा कोहली कप्तान रहनेछन्। यस्तै टिमका उपकप्तान रोहित शर्मालाई पनि ३ वटै फर्म्याटमा मौका दिईएको छ।

अल-राउण्डर हार्दिक पान्ड्यालाई भने पुरा प्रतियोगिता आराम दिईएको छ। जस्प्रित बुम्राहले टेस्ट मात्रै खेल्नेछन् भने विश्वकपको दौरान घाइते भएका ओपनर शिखर धवनले फिट हुँदै सिरिजमा कम्ब्याक गर्नेछन्। भुवनेश्वर कुमारले टि-२० र वानडे मात्रै खेल्नेछन् भने मोहम्मद शामीले एकदिवसीय र टेस्ट खेल्नेछन्।

टि-२० र एकदिवसीयमा श्रेयस ऐयर, मनिस पाण्डे, वासिंगटन सुन्दर र नभदिप सैनी जस्त नयाँ अनुसारलाई मौका दिईएको छ। विश्वकपको दौरान ३ खेल खेले पनि राम्रो प्रदर्शन गर्न नसकेका दिनेश कार्तिकलाई टिममा राखिएको छैन।

धोनी नखेल्ने 

विश्वकप पछि सन्यास लिन सक्ने अनुमान गरिएको भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनी वेस्ट इन्डिज जाने टिममा छैनन्। श्रोतका अनुसार धोनीले २ महिना आराम मागेका छन् र सो समयमा भारतीय आर्मी क्याम्पमा रहनेछन्।

विकेटकिपर रिद्दिमान शाहले १ वर्ष पछि टिममा आगमन गरेका छन्। ३४ वर्षीय ब्याट्सम्यानसंगै टेस्टमा रिशभ पन्त पनि विकेटकिपरको रुपमा रहेका छन्। रिशभ ३ वटै फर्म्याटमा विकेटकिपर ब्याट्सम्यानको रुपमा टिममा रहेका छन्।

जडेजा ३ वटै फर्म्याटमा 

विश्वकपमा सिमित मौकाका वाबजुद उत्कृस्ट प्रदर्शन गरेका रभिन्द्र जडेजालाई ३ वटै फर्म्याटमा मौका दिईएको छ। जडेजाले सेमीफाइनलमा न्युजिल्याण्डसंग हारका बाबजुद उत्कृस्ट ब्याटिंग गर्दै ७७ रन बनाएका थिए भने किफायती बलिंग समेत गरेका थिए। रभीचन्द्रन आश्विनलाई भने टेस्ट टिममा मात्र स्थान दिईएको छ। यस्तै कुलदिप यादब र युझभेन्द्र चाहललाई एकदिवसीय टिममा स्थान दिईएको छ। टि-२० मा भने चाहललाई आराम दिईएको छ।

वेस्टइन्डिज जाने भारतीय वानडे टीम: बिराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पांडे, रिषभ पन्त (विकेटकीपर), रभिन्द्र जडेजा, कुलदीप यादव, युझभेन्द्र चाहल, केदार जाधव, मोहम्मद शमी, भुवनेश्वर कुमार, खलील अहमद, नवदीप सैनी

वेस्टइन्डिज जाने भारतीय टी-२० टीम: बिराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पांडे, रिषभ पंत (विकेटकीपर), क्रुणाल पांड्या, रभिन्द्र जडेजा, वाशिंगटन सुंदर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमद, दीपक चाहर, नवदीप सैनी

वेस्टइन्डिज जाने भारतीय टेस्ट टीम: विराट कोहली (कप्तान), अजिंक्य रहाने (उपकप्तान), मायाँक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, हनुमा विहारी, रोहित शर्मा, रिषभ पंत (विकेटकीपर), ऋद्धिमान साहा (विकेटकीपर), रभीचन्द्रन अश्विन, रभिन्द्र जडेजा जडेजा, कुलदीप यादव, इशांत शर्मा, मोहम्मद शमी, जसप्रीत बुमराह, उमेश यादव

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy