टि-२० विश्वकप : सनसनीपूर्ण खेलमा भारतद्वारा पाकिस्तान पराजित

अस्ट्रेलियामा जारि टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत सनसनीपूर्ण खेलमा पाकिस्तानलाई ४  विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने करमा भारतको सुरुवात अत्यन्त खराब रह्यो। पावरप्लेको दोश्रो, तेश्रो र छैठौं ओभरमा केएल राहुल, रोहित शर्मा र सुर्यकुमार यादव आउट भए। सातौँ ओभरमा अक्षर पटेल रन आउट हुँदा भारत ३१/४ को अवस्थामा पुग्यो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका बिराट कोहलीले पाँचौ विकेटको लागि हार्दिक पान्ड्यासंग अर्धशतकीय साझेदारी गरे। आवस्यक रन गति बढ्दा बाह्रौं ओभरमा हार्दिकले २ र कोहलीले १ छक्का प्रहार गर्दै २० रन बटुले। त्यसपछि पुनः पाकिस्तानले कसिलो बलिंग गर्दा भारतलाई अन्तिम ३ ओभरमा १६ रन प्रतिओभर आवस्यक रह्यो। अठारौं ओभरमा कोहलीले शाहिन अफ्रिदीलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। उक्त ओभरमा अफ्रिदीले १७ रन खर्चिए।

अन्तिम २ ओभरमा भारतलाई जित्न ३१ रन आवास्यक रह्यो। उन्नाईसौं ओभरको पहलो ४ बलमा हरिस रौफले मात्र ३ रन खर्चिए। पाँचौ र छैठौ बलमा कोहलीले छक्का प्रहार गरे।

अन्तिम ओभरमा भारतलाई जित्न १६ रन चाहियो। अन्तिम ओभरको पहिलो बलमा मोहम्मद नवाजले हार्दिक पान्ड्यालाई क्याच आउट पारे। पान्ड्याले ३७ बलमा ४० रन बनाए। दोश्रो बलमा दिनेश कार्तिकले १ रन लिए भने तेश्रो बलमा बिराट कोहलीले २ रन लिए। चौंथो बलमा मोहम्मद नवाजले कम्मर माथि बल फाल्दा नो बल भयो जसमा कोहलीले छक्का प्रहार गरे।

फ्री हिट सहित ३ बलमा भारतलाई जित्न ६ रन आवस्यक रह्यो। नवाजले वाइड बल गरे भने पुनः फ्री हिटमा कोहली बोल्ड भएता पनि भारतले बाई मार्फत ३ रन लियो। २ बलमा २ रन आवस्यक हुँदा दिनेश कार्तिक स्टम्पिंग आउट भए। अन्तिम बलमा २ रन आवस्यक रहंदा क्रिजमा रभीचन्द्रन आश्विन आए। नवाजले वाइड बल गर्दा स्कोर बराबरी भयो र भारतलाई अन्तिम बलमा १ रन चाहियो। आश्विनले लंगअफको फिल्डर माथि प्रहार गर्दै १ रन लिएर जित दिलाए।

बिराट कोहलीले दबाबमा शानदार ब्याटिंग गर्दै अविजित ८२ रन बनाए जुन क्रममा ५३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

पाकिस्तानको बलिंगमा हरिस रौफले २ तथा नसिम शाह र मोहम्मद नवाजले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५९ रन बनायो।

पाकिस्तानको सुरुवात खराब रह्यो। दोश्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम खाता नखोली अर्शदिप सिंहबाट एलबिडब्लु भए। चौंथो ओभरमा अर्का ओपनर मोहम्मद रिजवान ४ रन बनाएर सिंहबाटै क्याच आउट भए। तेश्रो विकेटको लागि शान मसुद र इफ्तिखार एहमदले ७६ रनको साझेदारी गर्दै इनिंग्स उकासे।

आक्रमक ब्याटिंग गरेका एहमद अर्धशतक बनाएपछि मोहम्मद शामीबाट एलबिडब्लु भए। एहमदले ३४ बलमा २ चौका र ४ छक्का मद्दतले ५१ रन बनाए। चौधौं ओभरमा हार्दिक पान्ड्याले शदाब खान र हैदर अलिको विकेट लिए। सत्रौं ओभरमा आसिफ अलिलाई अर्शदिपले क्याच आउट पारे। ९१/२ को अवस्थाबाट पाकिस्तान १२०/७ को अवस्थामा पुग्यो।

त्यसपछि पनि शान मसुदले एक किनार सम्हालीराखे र उन्नाईसौं ओभरमा अर्धशतक पुरा गरे। शाहिन अफ्रिदीले पनि उनको राम्रो साथ दिए। आठौँ विकेटको लागि दुवैले ३१ रनको साझेदारी गरे। अफ्रिदी अन्तिम ओभरमा भुवनेश्वर कुमारबाट आउट भए जस अघि ८ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। शान मसुदले अविजित ५२ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका प्रहार गरे।

भारतको बलिंगमा अर्शदिप सिंह ( ३/३२ ) र हार्दिक पान्ड्याले ( ३/३० ) समान तिन विकेट लिए। मोहम्मद शामी र भुवनेश्वर कुमारले १/१ विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]