T20WC : अफगानिस्तान बिरुद्ध विशाल जित पछि भारतको नेट रनरेट सुधार

अफगानिस्तानलाई एकतर्फी खेलमा ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा पहिलो जित दर्ता गरेको छ। पाकिस्तान र न्युजिल्यान्डसंग सहजै पराजित भएको भारतले तेश्रो खेलमा भने प्रदर्शनमा व्यापक सुधार गर्यो। सेख जायद स्टेडियम अबुधाबीमा भारतले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभर ब्याटिंग गर्दै ७ विकट क्षेतीमा १४४ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए जुन क्रममा अविजित रहँदै २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नाबीले ३५ रन, रहमनुल्लाह गुर्बजले १९, गुल्बदिन नैबले १८, हज्रतुल्लाह जजाईले १३ रन बनाए। नाबी र जनत बीच छैठौं विकेटको लागि ५७ रनको साझेदारी इनिंग्सको सर्वाधिक रह्यो। भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ४-०-३२-३ ) लिए भने रभीचन्द्रन आश्विनले २ विकेट ( ४-०-१४-२ ) तथा जस्प्रित बुम्राह ( ४-०-२५-१ ),  रभीन्द्र जडेजाले ( ३-०-१९-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट क्षेतीमा २१० रन बनाएको थियो। यो योगफल टि-२० विश्वकप इतिहासमा भारतको दोश्रो ठूलो योगफल हो भने विश्वकप इतिहासकै छैठौं ठूलो योगफल हो। यस अघि भारतको सर्वाधिक योगफल २१८ थियो जुन इंग्ल्यान्ड बिरुद्ध २००७ मा बनाएको थियो।

भारतको लागि रोहित शर्माले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे भने केएल राहुलले ४८ बलमा ६ चौका र २ छक्का मद्दतले ६९ रन बनाए। यस्तै हार्दिक पान्ड्याले अविजित ३५ रन बनाए जुन क्रममा १३ बलमा ४ चौका र २ छक्का तथा रिशभ पन्तले १३ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २७ रन बनाए। कप्तान बिराट कोहली भने ब्याटिंग गर्न उत्रेनन्।

रोहित र राहुलले पहिलो विकेटको लागि १४० रनको कीर्तिमानी साझेदारी गरे। टि-ट्वान्टी विश्वकप इतिहासमा यो भारतको सर्वाधिक ओपनिंग साझेदारी हो। यस अघि सन् २००७ मा विरेन्द्र सेहवाग र गौतम गम्भीरले १३६ रनको साझेदारी सर्वाधिक थियो। पन्ध्रौँ ओभरमा रोहितलाई करिम जनतले क्याच आउट तथा सत्रौं ओभरमा राहुललाई गुल्बदिन नैबले बोल्ड गर्दै अफगानिस्तानलाई खेलमा फर्काए। तर त्यसपछि रिशभ पन्त र हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र २१ बलमा ६३ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा भारत ले १ विकेट गुमाएर ६८ रन बनायो। अफगानिस्तानको बलिंगमा गुल्बदिन नैब ( ४-०-३९-१ ) र करीम जनत ( १-०-७-१ ) ले समान एक विकेट लिए।

अंकतालिका 

जितपछि भारत समुह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ भने नेट रन रेटमा सुधार गरेको छ। खेल अघि -१.६०९ रहेको भारतको नेट रन रेट अब +०.८१६ पुगेको छ। समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ। ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। अफगानिस्तान ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित दोश्रो स्थानमा छ भने ३ खेलमा ४ अंकनै रहेता पनि न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ।

भारत सेमीफाइनल पुग्न बाँकी दुवै खेलमा स्कटल्याण्ड र नामिबियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ र त्यसको साथै न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ। त्यसो भए समान ६ अंक रहेता पनि नेट रन रेटमा भारत अघि जान सक्नेछ। न्युजिल्यान्डले बाँकी दुई खेलमा अफगानिस्तान र नामिबियालाई पराजित गरेको खण्डमा भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। अफगानिस्तान सेमीफाइनल पुग्न अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्नुपर्नेछ भने भारत र न्युजिल्यान्डको समान ६ अंकनै भएता पनि नेट रन रेटमा पछि हुनुपर्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]