पहिलो एकदिवसीयमा अस्ट्रेलियाद्वारा भारत पराजित, खेलमा के-के बने रेकर्ड

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि अस्ट्रेलिया ६६ रनले विजयी भएको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो।

भारतको लागि हार्दिक पान्ड्याले सर्वाधिक ९० ( ७६ बलमा ७ चौका र ४ छक्का ) , शिखर धवनले ७४ ( ८६ बलमा १० चौका ) बनाएता पनि जित दिलाउन सकेनन्। नभदिप सैनीले २९, रभिन्द्र जडेजाले २५, मायाँक अग्रवालले २२ तथा कप्तान बिराट कोहलीले २१ रन योगदान दिए।

पहिलो विकेटको लागि धवन र अग्रवालले ५३ रनको साझेदारी गरेपछि दायाँ हाते फास्ट बलर जोश हेजलवुडले अग्रवाल, कोहली र श्रेयस ऐयरको विकेट लिंदै अस्ट्रेलियालाई खेलमा हावी गरेका थिए। केएल राहुल १२ रन मात्र बनाएर एडम जाम्पाबाट आउट भए। पाँचौ विकेटको लागि धवनले पान्ड्यासंग १२८ रनको साझेदारी गरे। धवन र पान्ड्या दुवैलाई जाम्पाले क्याच आउट गराए।

हार्दिक पान्ड्याले ९० रन बनाए

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर जाम्पाले सर्वाधिक ४ विकेट लिने जुन क्रममा १० ओभरमा ५४ रन खर्चिए। हेजलवुडले ३ ( १०-०-५५-३ ) तथा मिचेल स्टार्कले १ विकेट ( ९-०-६५-१ ) लिए।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि कप्तान आरोन फिंच र स्टिभ स्मिथले शतक बनाएका थिए। फिन्चले १२४ बलमा ९ चौका र २ छक्का मद्दतले ११४ रन तथा स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का मद्दतले १०५ रन बनाए। फिन्चको करियरको यो १७ औं तथा स्मिथको १० औं शतक हो।

ओपनर डेभिड वार्नरले ६९ ( ७६ बलमा ६ चौका ) तथा ग्लेन म्याक्सवेलले ४५ रन बनाए। म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का हिर्काए।

पहिलो विकेटको लागि वार्नर र फिन्चले १५६ रनको विशाल साझेदारी गरेका थिए। वार्नर २८ औं ओभरमा मोहम्मद शामीबाट क्याच आउट भएपछि फिंच र स्मिथले दोश्रो विकेटको लागि १०८ रन जोडे। फिंचलाई ४० औं ओभरमा जस्प्रित बुम्राहले क्याच आउट गराए। स्मिथ इनिंगको अन्तिम ओभरमा शामीबाट बोल्ड भएका थिए।

एडम जम्पा

भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( १०-०-५९-३ ) लिए भने जस्प्रित बुम्राह ( १०-०-७३-१ ) , नभदिप सैनी ( १०-०-८३-१ ) , युजभेन्द्र चहल ( १०-०-८९-१ ) समान १ विकेट लिए।

प्लेयर अफ द म्याच स्टिभ स्मिथ घोषित भए। सिरिज अन्तर्गत दोश्रो एकदिवसीय नोभेम्बर २९ तारिख आइतबार खेलिनेछ।

खेलमा बनेका रेकर्डहरु 

दुवै टिमले ३०० भन्दा बढी योगफल तथा २ वटा शतक तथा शतकीय साझेदारीहरु बनेको खेलमा बिभिन्न रेकर्डहरु बनेका छन्।

३७४/६ : यो योगफल भारत बिरुद्ध कुनै पनि टिमले एकदिवसीयमा बनाएको तेश्रो ठूलो योगफल हो। सबैभन्दा धेरै दक्षिण अफ्रीकाले २०१५ मा ४३८ रन तथा श्रीलंकाले २००९ मा ४११ रन बनाएको थियो।

६२ बलको शतक : खेलमा स्मिथले ६२ बलमा बनाएको शतक भारत बिरुद्ध बलको आधारमा कुनै पनि अस्ट्रेलियन ब्याट्सम्यानको एकदिवसीयमा तेश्रो छिटो शतक हो। सबैभन्दा छिटो ग्लेन म्याक्सवेलले २०१५ मा ५१ बलमा तथा जेम्स फल्कनरले २०१३ मा ५७ बलमा शतक बनाएका थिए। यस्तै अस्ट्रेलियन ब्याट्सम्यानले बनाएको पनि यो तेश्रो छिटो शतक हो।

६८२ रन : अस्ट्रेलियामा खेलिएको एकै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनेको यो दोश्रो सबैभन्दा धेरै रन हो। सबैभन्दा धेरै सिड्नी मैदानमा २०१५ मा अस्ट्रेलिया ( ३७६ ) र श्रीलंका ( ३१२ ) बीचको खेलमा ६८८ रन बनाएको थियो।





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]