भारत विरुद्ध अस्ट्रेलियाले टस जितेर ब्याटिंग रोज्यो, यस्तो छ दुवै टिमको अन्तिम-११

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सिड्नी क्रिकेट ग्राउण्डमा सुरु भएको छ। खेलमा टस जितेर अस्ट्रेलियाले ब्याटिंग गर्ने निर्णय लिएको छ।

टसको क्रममा अस्ट्रेलियन कप्तान आरोन फिन्चले अस्ट्रेलियामा क्रिकेट पुनरागमन हुँदा खुसि लागेको र दर्शकको बीचमा खेल्न पाउदा राम्रो लागेको बताए। विकेट राम्रो रहेको र राम्रो योगफल बनाएर त्यसको रक्षा गर्ने उनले बताए। अस्ट्रेलियाले अन्तिम पटक इंग्ल्यान्डसंग खेलेको टिममा मात्र एउटा परिवर्तन गरेको छ। घाइते मिचेल मार्शको स्थानमा स्टिभ स्मिथ आएका छन्।

अस्ट्रेलियाको अन्तिम ११ : आरोन फिंच ( कप्तान ) , डेभिड वार्नर , स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी( विकेटकिपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड


भारतीय कप्तान बिराट कोहलीले टिमलाई राम्रो सुरुवातको आवश्यकता रहेको जसले आगामी खेललाई सहयोग पुग्ने बताए। उनले तयारी राम्रो भएको बताए। मायाँक अग्रवाल र शिखर धवनले ओपनिंग ब्याटिंग गर्ने कोहलीले बताए। भारतले अन्तिम-११ मा कुलदिप यादबलाई राखेको छैन। नभदिप सैनीले मौका पाएका छन्।

भारतको अन्तिम ११ : शिखर धवन, मायाँक अग्रवाल, बिराट कोहली ( कप्तान ) , श्रेयस ऐयर, केएल राहुल ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुम्राह, नभदिप सैनी

भारतीय क्रिकेट टिम रोहित शर्मा बिना उत्रदैछ। रोहित अस्ट्रेलिया भ्रमणमा गएका छैनन्।

भ्रमण अन्तर्गत नोभेम्बर २९ र डिसेम्बर २ मा दोश्रो र तेश्रो एकदिवसीय खेलिनेछ। त्यसपछि डिसेम्बर ४, ६ र ८ तारिखमा ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलिनेछ। डिसेम्बर १७ , डिसेम्बर २६ , जनवरी ७ र जनवरी १५ मा क्रमशः ४ वटा टेस्ट खेलिनेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]