रोमान्चक टेस्टमा भारतको कठिन जित

  • विकेटनेपाल, मङ्सिर २३ – सोमबार

घरेलु टोलि अष्ट्रेलिया बिरुद्धको पाहिलो टेस्टमा भारतले ३१ रनको रोमान्चक जित दर्ता गरेको छ। जितसंगै भारतले ४ टेस्टको शृंखलामा १-० को अग्रता समेत लिएको छ।

खेलको अन्तिम इनिंगमा ३२३ रनको बिजय लक्ष्य लिएर १०४/४ को अवस्थाबाट पाँचौ दिन थालेको अष्ट्रेलिया कुल २९१ रनमा समेटिन पुग्यो। अष्ट्रेलियाका लागि चौथो दिन अविजित रहेका शन मार्शले ६० तथा कप्तान टिम पेनले ४१ रन जोडेपनि जित दिलाउन सकेनन्। पेन र मार्श दुबै जस्प्रित बुम्राहको शिकार बने।

यस्तै चौथो दिन अविजित रहेका ट्रेविस हेडले १४, प्याट कमिन्स र मिचेल स्टार्कले समान २८-२८ तथा नेथन लायनले अविजित ३८ रन जोडेपनि टोलीको हार टार्न सकेनन्।

भारतको जितमा जस्प्रित बुम्राह, रबिचन्द्रन अश्विन र मोहम्मद शामीले समान ३-३ विकेटले लिए। यस्तै इशान्त शर्माको नाममा १ विकेट रह्यो।

यसअघि आफ्नो दोस्रो पारीमा भारतले ३०७ रन बनाउंदै अष्ट्रेलियालाई ३२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतका  लागि म्यान अफ दि म्याच बनेका चेतेश्वर पुजाराले ७१ तथा अजिंक्या राहानेले ७० रन जोडेका थिए। अष्ट्रेलियाका नेथन लायनको नाममा ६ विकेट रहेको थियो।

घरेलु टोलि अष्ट्रेलियाको पहिलो पारि भने खास रहन सकेको थिएन। २३५ रन जोड्न सबै १० विकेट गुमाएको उसको इनिंगमा ट्रेविस हेडले ७२ रन जोड्न बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन। भारतको लागि आश्विन र बुम्राहले समान ३-३ विकेट लिएका थिए।

एडिलेडमा पहिलो दिन टस जितेर ब्याटिंग गरेको भारतले भने २५० रन मात्र जोड्न सकेको थियो। चेतेश्वर पुजाराले १२३ रन जोडेको इनिंगमा रोहित शर्माले ३७ रनको ग योगदान गरेका थिए। अष्ट्रेलियाका जस् हेजलवुडले सर्वाधिक ३ विकेट लिएका थिए।

दुई टोलि बिचको दोस्रो टेस्ट पर्थमा शुक्रवारबाट सुरु हुनेछ। टेस्ट शृंखला पछि दुबै टोलीले ३ वटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ। यसअघि सम्पन्न टि-२० शृंखला भने १-१ को बराबरीमा सकिएको थियो।

भारतको रेकर्ड 

एडिलेडमा भएको खेलमा भारतले ३१ रनको ऐतिहासिक जित हात पारेको छ। यसअघि भारतले अनिल कुम्बलेको कप्तानीमा पर्थमा भएको खेलमा  पछिल्लोपल्ट सन् २००८ मा जित दर्ता गरेको थियो।

यो सँगै विराट कोहली कप्तानको रुपमा दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अस्ट्रेलियामा टेस्ट खेल जित्ने पहिलो एसियाली कप्तान समेत बनेका छन्। साथै भारत एकै बर्षमा दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अस्ट्रेलियामा टेस्ट जित्ने टिम समेत बन्न सफल भएको छ।

यहि खेलको पहिलो पारिमा ६ वटा क्याच र दोश्रो पारीमा समेत ५ क्याच लिंदै रिषब पन्त एकै खेलमा सर्बाधिक क्याच लिने दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स र अस्ट्रेलियाका ज्याक रशेलसँगको रेकर्ड बराबरी गरेका छन्। भारतका लागि भने रिद्धिमान शाहले यहि बर्ष दक्षिण अफ्रिका बिरुद्द केप टाउनमा १० क्याच लिएका थिए।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]