एकैदिन झर्यो १५ विकेट, भारत बलियो स्थितिमा

एजेन्सी– अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो इनिङ्समा मिश्रित प्रर्दशन गरेको छ ।

तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । दोस्रो इनिङ्मा पनि भारत बलियो अवस्थामा पुगेको छ । भारत २७ ओभरमा ५४–५ को अवस्थामा छ ।

क्रिजमा मयांक अग्रवाल २८ र ऋषव पन्त ६ रनमा छन् । हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा ५ रनमा आउट हुँदा कप्तान विराट कोहली र चेतेश्वर पुजारा डक आउट भए ।

प्याट कमिन्सले १५ ओभरको दोस्रो बलमा चेतेश्वर पुजारा र अन्तिम बलमा कप्तान विराट कोहलीलाई आउट गर्दौ पेभिलिएनको बाटो देखाए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोश हेजलवुडले एक विकेट लिए ।

तेस्रो दिन ८ रन बाट खेल्न सुरु गरेको अष्ट्रेलिया ६५.५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनले पछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१, शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके।

भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गरे । बुमराहले १५–५ ओभरमा ४ मेडन सहित ३३ रन खर्चेर ६ विकेट लिए ।
रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो ।

पहिलो इनिङ्समा भारत १६९–४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनाउदै पहिलो इनिङ्स समाप्त गरेको थियो।

करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन प्रहार गरे । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाउन सके । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९, अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।

पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४, मिचेल स्टार्क २, नाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]