चाहलको ६ विकेट र धोनीले उत्कृस्ट इनिंग खेल्दा भारतले जित्यो एकदिवसीय सिरिज

  • विकेटनेपाल, माघ ४ , शुक्रबार 

अस्ट्रेलियालाई तेश्रो एकदिवसीयमा ७ विकेटले पराजित गर्दै भारतले ३ एकदिवसीयको सिरिज २/१ ले जित्न सफल भएको छ।

पहिलो एकदिवसीय ३४ रनले अस्ट्रेलियाले जितेपछि दोश्रो एकदिवसीयमा भारतले ६ विकेटको जित हाँसिल गर्दै सिरिज १-१ को बराबरी गरेको थियो। यस अघि सम्पन्न टेस्ट सिरिज भारतले २-१ ले जितेको थियो भने टि-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो।

खेलमा अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै दिएको २३१ रनको लक्ष्य भारतले ४९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

अस्ट्रेलियाले दिएको लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्मा ९ तथा शिखर धवन २३ रन बनाएर आउट भए।

५९/२ ( १६.२ ) को अवस्थामा पुगेको भारतलाई कप्तान बिराट कोहली र महेन्द्र सिंह धोनीले ५४ रनको साझेदारी गर्दै अघि बढाए। कोहली ४६ रन ( ६२ बलमा ३ चौका ) बनाएर आउट हुँदा ११३/३ ( ३० ) पुगेको भारतको योगफललाई धोनी र केदार जाधबले अघि बढाए।

धोनी र जाधब दुवैले अर्धशतक बनाउने क्रममा अस्ट्रेलियन बलरहरुलाई विकेट सुम्पेनन् र शतकीय साझेदारी गर्दै भारतलाई जितसम्म पुर्याए। अन्तिम ओभरसम्म पुगेको खेलमा ५० औं ओभरको पहिलो बलमा केदार जाधबले १ रन आवस्यक हुँदा चौका प्रहार गर्दै जितसम्म पुर्याए।

लगातार तेश्रो अर्धशतक बनाउने क्रममा धोनीले अविजित ८७ रन बनाए जुन क्रममा ११४ बलम ६ चौका प्रहार गरे। जाधबले अविजित ६१ रन बनाए जुन क्रममा ५७ बलमा ७ चौका प्रहार गरे।

अस्ट्रेलियाको लागि झाई रिचर्डसन, पिटर सिडल र मार्कस स्टोइनिसले समान १ विकेट लिए।

चाहलको उत्कृस्ट बलिङ्ग 

मेलबर्न क्रिकेट मैदानमा टस जितेर भारतले अस्ट्रेलियालाई ब्याटिंगको निम्तो दिएको थियो। अस्ट्रेलियाले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३० रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाले खराब सुरुवात गर्ने क्रममा ९ ओभरमा २७ रन बनाउदा २ विकेट गुमाएको थियो। ओपनर एलेक्स केरे ( ५ ) र आरोन फ़िञ्च ( १४ ) लाई भुवनेश्वर कुमारले पेभेलियनको दिशा देखाए।

तेश्रो विकेटको लागि उस्मान खवाजा र शन मार्शले ७३ रनको साझेदारी गर्दै टिमको योगफल १०० पुर्याए। मार्श ३४ रन बनाएर युजभेन्द्र चाहलको बलमा स्टम्प आउट भए लगत्तै खवाजा पनि ३४ रन बनाएर चाहलको बलमा चाहलद्वारानै समातिए। लगत्तै मार्कस स्टोईनिस पनि १० रन बनाएर आउट हुँदा अस्ट्रेलिया ३९.३ ओभरमा १२३/५ को नाजुक अवस्थामा पुगेको थियो।

छैठौं विकेटको लागि पिटर ह्यान्ड्सकम्बले ग्लेन म्याक्सवेलसंग ३८ रन तथा सातौँ विकेटको लागि झाई रिचर्डसनसंग ४५ रनको साझेदारी गर्दै योगफल २०० पार गराए। म्याक्सवेल २६ र रिचर्डसन १६ रन बनाएर आउट भए पनि ह्यान्ड्सकम्ब पनि ५८ रन बनाएर चाहलको शिकार भए। उनले ६३ बलमा २ चौका प्रहार गरे।

तल्लो क्रमका ब्याट्सम्यानले पनि खास योगदान दिन सकेनन् फलस्वरूप अस्ट्रेलिया ४८.४ ओभरमा २३० रनमा समेटिन पुग्यो।

भारतको लागि लेग स्पिनर युजभेन्द्र चाहलले सर्वाधिक ६ विकेट लिने क्रममा १० ओभरमा ४२ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय करियरमै चाहलको यो उत्कृस्ट बलिङ्ग स्पेल हो भने अस्ट्रेलियामा एक दिवसीयमा ६ विकेट लिने पहिलो भारतीय स्पिनर समेत बनेका छन्। मात्र २ भारतीय बलरले मात्र अस्ट्रेलिया बिरुद्ध अस्ट्रेलियामा ६ विकेट लिन सकेका छन्। अजित अगरकरले यस अघि  १५ बर्ष पहिला यो काम गरेका थिए।  यस भन्दा अघि चाहलले ५ विकेट भन्दा बढी एकै खेलमा लिन सकेका थिएनन्।

भुवनेश्वर कुमारले २ विकेट ( ८-१-२८-२ ) तथा मोहम्मद शामी ( ९.४-०-४७-२ ) ले २/२ विकेट लिए।

( फोटोहरु – आईसीसी )





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]