रिसव पन्तले पनि शतक बनाएपछि भारत बलियो स्थितीमा, पुजारा दोहोरो शतकबाट चुके

  • विकेटनेपाल, पुष २० – शुक्रवार 

चेतेश्वर पुजारा दोहोरो शतक बनाउनबाट चुकेपनि रिसव पन्तले शतक प्रहार गरेपछि चौथो टेष्टको दोस्रो दिन भारत बलियो स्थितीमा रहेको छ।

पन्तले अष्ट्रेलियामा शतक प्रहार गर्ने पहिलो एसियाली विकेटकिपर ब्याट्म्यान बन्दै नटआउट १५९ रन बनाए। दोहोरो शतकबाट थोरैले चुकेका पुजाराले १९३ रन बनाए। दोस्रो दिनको समाप्तीमा भारतले ५९८ रनको अग्रता बनाएको छ। दोस्रो दिनै आफ्नो पहिलो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले १० ओभर खेल्दै विना क्षती २४ रन बनाएको छ।

भारतले ३०३/४ बाट दोस्रो दिनको खेल सुरु गरेको थियो। पहिलो दिनै शतक प्रहार गरेका पुजारा १३० र हनुमान विहारी ३९ ले दोस्रो दिनको खेल अगाडी बढाएका थिए।

विहारी ३ रन थप्दै नाथन लियोनको बलमा लाबुसचान्जको हातबाट क्याचआउट भए। त्यसपछि क्रिजमा पुगेका रिसव पन्त र पुजारा मिलेर छैटौँ विकेटका लागि ८९ रनको साझेदारी गरे। ३७३ बल खेलेका पुजाराले २२ चौकाको मद्दतमा १९३ रन प्रहार गरे। उनी दोहोरो शतकबाट ७ रनले चुके।

पुजारा आउट हुँदा भारत ४१८/६ को स्थितीमा थियो। त्यसपछि पन्तले रविन्द्र जडेजासँग उत्कृष्ट साझेदारी गर्दै भारतको लागि उच्च स्कोर तयार पार्न मद्दत गरे। यी दुईले सातौँ विकेटका लागि २०४ रनको साझेदारी गरे। जडेजा ८१ रन बनाएर लियोनको बलमा बोल्ड भएपछि भारतका कप्तान विराट कोहलीले इनिङ्स डिक्लेयर गरेका थिए।

पन्त १५९ रनमा नटआउट रहे। १८९ रन खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे। पन्तको यो दोस्रो टेष्ट शतक हो। यसअघि उनले इंग्ल्याण्ड विरुद्ध शतक प्रहार गरेका थिए।

दोस्रो दिन अष्ट्रेलियाका लागि तीन वटै विकेट लियोनले लिए।

भारतले इनिङ्स डिक्लेयर गरेपछि अष्ट्रेलियाले दोस्रो दिन पहिलो इनिङ्सको १० ओभर मात्र ब्याटिङ गर्न पायो। अष्ट्रेलियाका मार्कुस ह्यारिस १९ र उस्मान खवाजा ५ रनमा नटआउट छन्।

चारतले चार टेष्टको सिरीजमा २-१ को अग्रता बनाइसकेको छ। भारत पहिलो पटक अष्ट्रेलियामा सिरिज जित्ने लक्ष्यका साथ खेलिरहेको छ। उता घरेलु टोली अष्ट्रेलियालाई सिरिज जोगाउन पनि चौथो टेष्ट बराबरी गर्नैपर्ने बाध्यता छ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]