छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।

प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो।

सन् १९८७ मा पहिलो पटक भारतीय भूमिमा विश्वकप जितेको अस्ट्रेलियाले त्यसपछि सन् १९९९, २००३, २००७ र २०१५ मा उपाधि उचालेको थियो।

नरेन्द्र मोदी स्टेडियममा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर ४३ ओभरमा लक्ष्य पुरा गर्यो।

अस्ट्रेलियाको लागि ट्राभिस हेडले शानदार इनिंग्स खेल्ने क्रममा सर्वाधिक १३७ रन बनाए जुन क्रममा १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे। मार्नस लाबुसेनले अविजित ५८ रन बनाए जुन क्रममा ११० बलमा ४ चौका प्रहार गरे।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा डेभिड वार्नरलाई मोहम्मद शामीले क्याच आउट पारे। त्यसपछि जस्प्रित बुम्राहले पाँचौ ओभरमा मिचेल मार्श र सातौँ ओभरमा स्टिभ स्मिथको विकेट लिए। वार्नरले ७, मार्शले १५ तथा स्मिथले ४ रन बनाए।

४७/३ को अवस्थाबाट ओपनर हेडले मार्नस लाबुसेनसंग शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई जितको बाटो दिए। हेडले त्यसक्रममा पाचौ एकदिवसीय अन्तर्राष्ट्रिय शतक समेत बनाए। हेड र लाबुसेनले २१५ बलमा १९२ रनको विशाल साझेदारी गर्दै भारतको सम्पूर्ण प्रयास असफल पारे। ४३ औं ओभरमा जित्न २ रन आवस्यक रहेको अवस्थामा मोहम्मद सिराजले हेडलाई क्याच आउट पारे। ग्लेन म्याक्सवेलले अविजित २ रन बनाउदै अस्ट्रेलियालाई जितसम्म पुर्याए।

भारतको बलिंगमा जस्प्रित बुम्राहले २ ( ९-२-४३-२ ) तथा मोहम्मद शामी ( ७-१-४७-१ ) र मोहम्मद सिराजले ( ७-०-४५-१ ) समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४० रन बनायो।

भारतको लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए जुन क्रममा १०७ बलमा १ चौका प्रहार गरे। बिराट कोहलीले ६३ बलमा ४ चौका मद्दतले ५४ रन बनाए। कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्का मद्दतले ४७ रन बनाए। सूर्यकुमार यादवले २८ बलमा १८ तथा कुलदिप यादवले १८ बलमा १० रन बनाए। शुबमन गिल र श्रेयस ऐयरले समान ४ रन तथा रभिन्द्र जडेजाले ९ रन बनाए।

शुबमन गिललाई मिचेल स्टार्कले क्याच आउट पार्दै मिचेल स्टार्कले ३० रोहित शर्मासंगको ३० रनको साझेदारी तोडे। दोश्रो विकेटको लागि रोहितले बिराट कोहलीसंग ४६ रन जोडे। आक्रामक ब्याटिंग गरेका रोहितलाई दशौँ ओभरमा ग्लेन म्याक्सवेलले क्याच आउट पारे। लगत्तै श्रेयस ऐयरलाई प्याट कमिन्सले विकेटपछाडी क्याच आउट पारे।

८१ रनमा ३ विकेट गुमाएको अवस्थाबाट कोहली र राहुलले ६७ रनको साझेदारी गरे। २९ औं ओभरमा कोहलीलाई प्याट कमिन्सले बोल्ड गर्दै साझेदारी तोडे। ४२ औं ओभरमा राहुलको विकेट लिंदै मिचेल स्टार्कले अस्ट्रेलियालाई हावी पारे। राहुलको विकेट अघि २०३/५ को अवस्थाबाट भारतले थप ५ विकेट गुमौदा ३७ रन मात्र योगफलमा जोड्न सक्यो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५५ रन खर्चिए। जोश हेजलवुड ( १०-०-६२-२ ) र प्याट कमिन्सले ( १०-०-३४-२ ) समान २ विकेट लिए। ग्लेन म्याक्सवेल ( ६-०-३५-१ ) र एडम जाम्पाले ( १०-०-४४-१ ) १/१ विकेट लिए।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]