अस्ट्रेलिया-भारत वानडेको दौरान फ्यानले आफ्नो प्रेमिकालाई गरे प्रपोज, हेर्नुस भिडियो

क्रिकेट स्टेडियममा दर्शकको आगमनले खेलको रौनकता बेग्लै भएको छ। भारत र अस्ट्रेलिया बीच सिड्नीमा सम्पन्न दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय दौरान एक फ्यानले दर्शकहरुको बीचमा प्रपोज गरेको दृश्यले झनै रोमान्च थप्ने काम गर्यो।

खेलमा भारत ३९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा थियो। सोहि बीचमा भारतको जर्सीमा सजिएका एक फ्यानले आफ्नो प्रेमिकालाई प्रपोज गर्ने उपयुक्त अवसर ठाने जो अस्ट्रेलियाको पहेंलो जर्सीमा सजिएकी थिईन्।

भारतले लक्ष्य पछ्याउदै गर्दा २१ औं ओभरमा उक्त दृश्यले क्यामराम्यानको ध्यान तान्यो अति बेला भारतीय कप्तान बिराट कोहली र श्रेयस ऐयर क्रिजमा ब्याटिंग गरिरहेका थिए।

उक्त फ्यानले घुंडा टेकेर प्रपोज गर्दा खेलमा कमेन्ट्रि गरिरहेका पूर्व अस्ट्रेलियन क्रिकेटर ब्रेट लिले “प्लिज, यस यस, प्लिज यस यस” भन्दै रोमान्च थपेका थिए। दर्शकले समेत यो माहोलले तालि र चिच्याएर साथ दिंदै गर्दा स्टेडियमको ठुलो स्क्रिनमा समेत उक्त दृश्य देखाइएको थियो। सोहि बेला अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले मैदानबाट मुस्कानका साथ तालि बजाएको दृश्य गजबको थियो।

उक्त फ्यानको प्रस्ताब प्रेमिकाले स्वीकार गरेपछि दुवैले अंगालो मार्दै चुम्बन गरेको दृश्य लोभलाग्दो बनेको थियो। सबैको मन जित्न सफल उक्त भिडियो सामाजिक संजालमा भाइराल बन्न पुगेको छ।

हेर्नुस भिडियो :-

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy