भारतलाई फराकिलो अन्तरमा हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा अस्ट्रेलिया

काठमाडौं । भारतलाई फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ अस्ट्रेलिया मैदान उत्रदै छ ।

सुपर एटको समूह वानमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट लुसियामा नेपाली समय अनुसार सोमबार बेलुका सवा आठमा सुरु हुनेछ ।

भारतमाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । सुपर एटको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा विजयी भारत अस्ट्रेलियालाई हराउँदै अपराजित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ । भारत विजयी भएमा समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निणर्य मंगलबार बिहानको खेलबाट हुनेछ ।

समूह टूबाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लागि सकेको छ ।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]