भारतलाई फराकिलो अन्तरमा हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा अस्ट्रेलिया

२०८१ असार ११, सोमबार १३:५०

काठमाडौं । भारतलाई फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ अस्ट्रेलिया मैदान उत्रदै छ ।

सुपर एटको समूह वानमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट लुसियामा नेपाली समय अनुसार सोमबार बेलुका सवा आठमा सुरु हुनेछ ।

भारतमाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । सुपर एटको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा विजयी भारत अस्ट्रेलियालाई हराउँदै अपराजित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ । भारत विजयी भएमा समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निणर्य मंगलबार बिहानको खेलबाट हुनेछ ।

समूह टूबाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लागि सकेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy