रोमान्चक खेलमा भारतद्वारा बंगलादेश पराजित

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणको आफ्नो चौंथो खेलमा भारतले बंगलादेशलाई ५ रनले ( डीएलएस मेथड ) पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। पहिलो दुई खेलमा विजयी भारत तेश्रो खेलमा दक्षिण अफ्रीकासंग पराजित भएको थियो। जितसंगै भारतले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

१८५ रनको लक्ष्य पाएता पनि वर्षाले इनिंग्स प्रभावित हुँदा १६ ओभरमा बंगलादेशले १५१ रनको नयाँ लक्ष्य पाएको थियो। बंगलादेशले निर्धारित १६ ओभरमा  ६ विकेट क्षेतीमा १४५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा बंगलादेश ओपनर नज्मुल होसेन र लिटन दासले उत्कृस्ट सुरुवात दिलाए। ७ ओभरमा उसले विकेट नगुमाई ६७ रन बनाउदा वर्षाले खेल प्रभावित भयो।

पुनः खेल सुचारु हुँदा बंगलादेशले १६ ओभरमा १५१ रनको लक्ष्य पायो अर्थात् बाँकी ९ ओभरमा ८५ रन बनाउनु पर्ने भयो।

खेल सुचारु भएकै ओभरमा लिटन दासलाई केएल राहुलले रन आउट पारे। त्यस अघि दासले २७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यसपछि बंगलादेश ब्याटरहरु क्रिजमा जम्न सकेनन्। दशौँ ओभरमा २१ रन बनाएका नज्मुललाई मोहम्मद शामीले क्याच आउट पारे। बाह्रौं ओभरमा अर्शदिप सिंहले मात्र २ रन खर्चेर अफिफ होसेन र शाकिब अल हसनको विकेट लिंदै भारतलाई खेलमा फर्काए। लगत्तै ओभरमा हार्दिक पान्ड्याले पनि यासिर अलि र मोसद्देक होसेनको विकेट लिंदै भारतलाई हावी बनाए।

३ ओभर बाँकी हुँदा ४ विकेट सुरक्षित रहेको बंगलादेशलाई जित्न ४३ रन चाहियो। नुरुल हसन र तास्किन एहमदले इनिंग्स सम्हाले।

अर्शदिप सिंहले गरेको चौधौं ओभरमा बंगलादेशले १२ रन बनायो जसपछि जित्न १२ बलमा ३१ रन आवस्यक रह्यो। पन्ध्रौँ ओभरमा हार्दिक पान्ड्याको पहिलो र तेश्रो बलमा तास्किन एहमदले चौका र छक्का प्रहार गर्दै बंगलादेशलाई खेलमा फर्काए। तर ओभरको अन्तिम ३ बलमा पान्ड्याले दुई बल डट फाल्दै मात्र १ रन दिए।

अन्तिम ओभरमा जित्न २० रन आवस्यक रह्यो। ओभरको पहिलो बलमा अर्शदिपले १ रन दिए भने दोश्रो बलमा नुरुलले छक्का हिर्काए। तेश्रो बलमा अर्शदिपले रन दिएनन्। ३ बलमा जित्न १३ रन चाहियो। चौंथो बलमा  नुरुलले २ रन बनाए भने पाँचौ बलमा चौका प्रहार गरे।

अन्तिम बलमा बंगलादेशलाई जित्न ७ रन आवस्यक रह्यो। अर्शदिपले अन्तिम बलमा मात्र १ रन दिए र भारतलाई ५ रनको जित दिलाए।

भारतको बलिंगमा अर्शदिप सिंह र हार्दिक पान्ड्याले २/२ विकेट तथा मोहम्मद शामीले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट क्षेतीमा १८४ रन बनायो।

भारतको लागि बिराट कोहलीले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा उनले अविजित रहँदै ४४ बलमा ८ चौका र १ छक्का प्रहार गरे। ओपनर केएल राहुलले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले ५० रन बनाए। सुर्यकुमार यादवले १६ बलमा ३० तथा रभीचन्द्रन आश्विनले ६ बलमा अविजित १३ रन बनाए।

कोहलीले दोश्रो विकेटको लागि राहुलसंग ६७ रनको, तेश्रो विकेटको लागि सुर्यकुमारसंग ३८ रनको तथा सातौँ विकेटको लागि रभीचन्द्रन आश्विनसंग २७ रनको साझेदारी गरे।

बंगलादेश बलर हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए।

जितपछि भारत समुह २ को शिर्ष स्थानमा उक्लेको छ। ४ खेलमा भारतले ३ जित र १ हार बेहोर्द ६ अंक छ। दोश्रो स्थानको दक्षिण अफ्रीकाको ३ खेलमा ५ अंक छ। हार पछि बंगलादेशको ४ खेलमा दुई जितले ४ अंक छ। जिम्बाब्वेको ४ खेलमा ३ अंक छ। पाकिस्तानको ३ खेलमा २ तथा नेदरल्याण्डको ४ खेलमा २ अंक छ।

भारतले सुपर-१२ चरणको अन्तिम खेल नोभेम्बर ६ तारिखमा जिम्बाब्वेसंग खेल्नेछ। बंगलादेशले अन्तिम खेल सोहि दिन बंगलादेशसंग खेल्नेछ।

समुह ‘२’ मा बाँकी खेलहरु : 

नोभेम्बर ३ : पाकिस्तान र दक्षिण अफ्रीका

नोभेम्बर ६ : दक्षिण अफ्रीका र नेदरल्याण्ड

नोभेम्बर ६ : पाकिस्तान र बंगलादेश

नोभेम्बर ६ : भारत र जिम्बाब्वे





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]