काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप अन्तर्गतको ३३ औं खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडामा हुनुपर्ने समूह ए मा रहेका क्यानडा र भारतबीचको खेल निरन्तरको वर्षाका कारण टस समेत हुन नसकि रद्द भएको हो ।
यसअघि नै सुपर एटमा स्थान बनाई सकेको भारत र प्रतियोगिताको समूह चरणबाट बाहिरिएको सकेको क्यानडाले समान एक एक अंक बाडेका छन् ।