तल्लो क्रममा जडेजाको योगदान, एण्डरसनले ५ विकेट लिंदा भारतले बनायो ३६४

रभिन्द्र जडेजाले तल्लो क्रममा महत्वपूर्ण योगदान दिंदा इंग्ल्यान्ड बिरुद्ध जारि दोश्रो टेस्टमा भारतले पहिलो इनिंग्समा सम्पूर्ण विकेट गुमाएर ३६४ रन बनाएको छ। इंग्ल्यान्डले दोश्रो इनिंग्समा ब्याटिंग सुरु गरिसकेको छ।

दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोश्रो दिन थप ३६.१ ओभर ब्याटिंग गर्दा ८८ रन जोड्यो भने ७ विकेट गुमाउन पुग्यो। दिनको सुरुवातमा १२७ रनमा अविजित रहेका केएल राहुल थप २ रन जोडेर आउट भए। राहुललाई ओली रोबिन्सनले क्याच आउट गराए। अजिंके रहाने पनि १ रन बनाएर जेम्स एण्डरसनबाट क्याच आउट भए।

छैठौं विकेटको लागि रिशभ पन्त र रभिन्द्र जडेजाले ४९ रनको साझेदारी गरे। पन्त ३७ रन बनाएर मार्क वुडबाट क्याच आउट भएपछि जडेजाले एक किनार सम्हालेता पनि अन्य ब्याट्सम्यानले लामो साथ दिन सकेनन्। अन्तिम विकेटको रुपमा आउट भएका जडेजाले ४० रन बनाए। टेस्टको पहिलो दिन भारतीय ओपनर रोहित शर्माले ८३ तथा कप्तान बिराट कोहलीले ४२ रन बनाएका थिए।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट ( २९-७-६२-५ ) लिए भने ओली रोबिन्सन ( ३३-१०-७३-२ ) र मार्क वुड ( २४.१-२-९१-२ ) ले समान २ विकेट लिए। मोइन अलिले १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy